२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै

रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै

रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै

रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै

रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तक्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी  चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । 

    अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिइन् । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । 

    अस्पतालले यो सेवा सुरु गरेसँगै १२ हजार रुपैयाँमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्सेनि कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । 
     
    रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा. पाण्डेले भनिन्, “रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।”
     
    एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ । 
     
    अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए । 

    यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।रासस 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij