परासी । पश्चिम नवलपरासीमा लघु घरेलु तथा साना उद्यमी व्यवसायी र उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी प्रशिक्षण दिईएको छ ।
घरेलु तथा उद्योग कार्यालय नवलपरासीले बर्दघाट नगरपालिकामा उपभोक्तलाई लक्षित गरी लघु घरेलु तथा साना उद्यमी व्यवसायी र उपभोक्तलाई प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा सञ्चालित लघु घरेलु तथा साना उद्यमी व्यवसायी गदै आएका उद्यमी र उपभोक्ताहरूको सहभागिता रहेको थियो ।
उद्योगमा उत्पादन गरेको सामाग्री गुणस्तर बृद्वि र लेबलिङ गर्ने तरिक र उत्पादन बस्तुको गुणस्तरको सुनिश्चित गरेरमात्र बजारमा बिक्रीवितरण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अनुप हलवाईले र घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्योग अधिकृत पुरूषोत्तम पौडेलले घरेलु कार्यालयबाट हुने सेवासम्बन्धी प्रशिक्षण दिएका थिए ।
उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति स्पष्ट देखिन गरि र त्यसमा खाद्यपदार्थहरू कम्पनी नाम लेबलिङ सम्बन्धी लघु घरेलु तथा साना उधमी व्यवसायी र उपभोक्तलाई लक्षित गरी उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी प्रशिक्षण दिईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषोत्तम पौडेलले जानकारी दिए ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषोत्तम पौडेलको अध्यक्षतथा तथा बर्दघाट नगरपालिकाको वडान ११ का वडा अध्यक्ष फणेन्द्र चौधरी प्रमुख आतिथ्यता भएको कार्यक्रम बोल्दै चौधरीले उद्यमीले उपभोक्तासंग प्रत्यक्ष जोडिने वस्तु उत्पादन गर्ने भएकाले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्न नहुने बताए ।
कार्यक्रममा बर्दघाट नगरस्तरीय उपभोक्ता हितसंरक्षण मञ्च अध्यक्ष हुमनाथ अर्चाय दुर्गा बेल तथा प्रशोधन उद्योगका संचालक धनप्रसाद तिवारी घरेलु तथा साना उद्योग कार्यालयका नायसुब्बा कृष्ण काफ्ले लगायतले बोल्नु भएको घरेलु तथा साना उद्योग कार्यालय मनोज चौधरीले जानकारी दिए ।




