२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिवि क्रिकेट रंगशालाको थालियो प्यारापिट ढलान

त्रिवि क्रिकेट रंगशालाको थालियो प्यारापिट ढलान

त्रिवि क्रिकेट रंगशालाको थालियो प्यारापिट ढलान

त्रिवि क्रिकेट रंगशालाको थालियो प्यारापिट ढलान

त्रिवि क्रिकेट रंगशालाको थालियो प्यारापिट ढलान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान मंगलबार (जेठ १३) देखि थालिएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्ने गरी सबै कार्य अगाडि बढाइएको सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठले बताए ।

    रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कुल १० हजार दर्शक अट्ने प्यारापिट बनाउन लागिएको छ । पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको छ । त्यसमध्ये पहिलो भागको ढलान सुरु गरिएको कण्ठले जानकारी दिए ।


    “प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कंक्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रंगशालाको कंक्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो,” उनले भने ।

    उनले अगाडि भने, “रंगशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पीसीसी गरी ढलान गरिएको छ । पूर्वी भागको जमिन भने मैदानसरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।”

    प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ फ्लडलाइट समेत जडान गरिँदै छ । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij