२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आप्रवासी र परिवारलाई एचआईभि परिक्षण सम्बन्धि तीनदिने तालिम बुटवलमा शुरु

आप्रवासी र परिवारलाई एचआईभि परिक्षण सम्बन्धि तीनदिने तालिम बुटवलमा शुरु

आप्रवासी र परिवारलाई एचआईभि परिक्षण सम्बन्धि तीनदिने तालिम बुटवलमा शुरु

आप्रवासी र परिवारलाई एचआईभि परिक्षण सम्बन्धि तीनदिने तालिम बुटवलमा शुरु

आप्रवासी र परिवारलाई एचआईभि परिक्षण सम्बन्धि तीनदिने तालिम बुटवलमा शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • बुटवल । आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि तीन दिने समुदायको नेतृत्वमा एचआइभी परीक्षण तालिम बुटवलमा सुरु भएको छ।


    नागार्जुन डेभलपमेन्ट कम्युनिटीको आयोजना लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वय र  जिएफएटिएम/युएनडिपिको सहयोगमा उक्त ३ दिने तालिम आयोजना गरिएको हो। 


    तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निमित्त प्रमुख डाक्टर सुवर्ण आचार्यले समुदाय स्तरमा र समुदायको नेतृत्वमा एचआइभी परीक्षण कार्यक्रमले एचआइभी रोकथाममा प्रमुख भूमिका खेल्ने भएकोले यो कार्यक्रम अत्यन्त उत्कृष्ट भएको बताए। 


    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले आगामी दिनमा जनस्वास्थ्य प्रयोगशालाले के कस्तो सहयोग गर्न सक्छ त्यसमा आफुहरु तयार रहेको प्रतिबद्धता ब्यक्त गरे।


    उद्घाटन समारोहमा एनडिसीका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले एनडीसीले लुम्बिनी प्रदेशका तराईका छ जिल्लामा प्रवासी कामदार र उनीहरूका दम्पतिका लागि एचआइभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको र आगामी दिनमा लुम्बिनी प्रदेशमा थप कार्यक्रम गरिने उल्लेख गरे।


    कार्यक्रममा स्वास्थ्य कार्यालयका सूचना अधिकारी र जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका ल्याब टेक्निसियन प्रशासक दिपेन्द्र कुमार मण्डल, एनडिसी रूपन्देहीका संयोजक राधा अधिकारी भट्टराई लगायतले बोलेका थिए।


    जेठ १६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको प्रशिक्षकको रुपमा जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका ल्याब टेक्निसियन शिविन्द्र चौधरी र सुमन सापकोटा रहेका छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij