२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रैतीबाट नागरिक बनेको दिन

रैतीबाट नागरिक बनेको दिन

रैतीबाट नागरिक बनेको दिन

रैतीबाट नागरिक बनेको दिन

रैतीबाट नागरिक बनेको दिन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • आज गणतन्त्र दिवस । वंश परम्पराको शासन अन्त्य भई नागरिक सर्वेसर्वा भएको दिन । जनता रैतीबाट सार्वभौम नागरिक बनेको दिन । सात दशक लामो अथक संघर्षबाट प्राप्त उपलब्धिको खुशीयालीमा उत्सव मनाउने दिन । मुलुकमा २०६५ साल जेठ १५ गते गणतन्त्र स्थापना भएयता धेरै परिवर्तन भएको छ । गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधान बन्यो । नेपालको संविधान २०७२ ले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रूपमा संस्थागत ग¥यो । गणतन्त्र भनेको संसारको उन्नत शासन प्रणाली हो, जहाँ नागरिकले चुनेका प्रतिनिधिले शासन गर्छन् । 


    २ सय ४० वर्षदेखि वंश परम्परामा आधारित शाहहरुले गर्दै आएको शासनको विधिवत अन्त्यभएपछि  मुलुकको मुहार देखिने संविधान बनेको छ । संविधानमा मुलुकको विविधता प्रतिविम्बित भएको छ । गणतन्त्र, समावेशीता, धर्म निरपेक्षता र संघीयता यी चार उपलब्धिका बारेमा संविधानले बोलेको छ । संविधानका यी चार उपलब्धिमध्ये कुनै एकलाई चलाउन खोज्दा अहिले प्राप्त सबै उपलब्धि सबै गुम्ने जोखिम छ । तसर्थ प्राप्त उपलब्धिको रक्षा र परिष्कृत गर्दै अघि बढ्न आवश्यक छ । संविधान साध्य होइन्, साधन हो । साधनको सही परिचालन गरेर नागरिकका आकांक्षा पूरा गर्ने जिम्मेवारी शासन सञ्चालन गर्ने जिम्मा पाएका राजनैतिक दलको हो । राजनैतिक दल नागरिक आवाज बोल्ने पात्रहरुको संस्था भएकाले उपलब्धिको रक्षा र ती उपलब्धिलाई नागरिकको जीवनशैली बनाउन सधँै जिम्मेवार हुनुपर्छ । संविधानमा नागरिकका अधिकार लिपिबद्ध भए, संविधानमा लिपिबद्ध भए भन्दैमा ती आफँै कार्यान्वयन हुने होइनन् । संविधानको सही कार्यान्वयनले नै नागरिकले प्राप्त अधिकार उपभोग गर्न पाउने हुन् ।

    संविधानअनुसार कानुनी प्रबन्धको अभावमा संघीय लोकतान्त्रिक गणतन्त्र पर्याप्त ढंगले संस्थागत भएको छैन । आवश्यक कानुनी प्रबन्ध गरी व्यवस्थालाई संस्थागत गर्न सक्दा नै नागरिकले अपनत्व गर्न सक्छन् । नागरिक आकांक्षा पूर्ति हुनसक्छ ।


    अहिले देखिएको व्यवस्था विरोधी गतिविधिलाई निस्तेज गर्ने उपाय भनेकै व्यवस्थालाई नागरिकले अपनत्वदिने खालको बनाउन सक्नु हो । नागरिकले व्यवस्थाप्रति अपनत्व गरूञ्जेल जो सुकैले व्यवस्था विरोधी हर्कत गरे पनि उनीहरु असफल हुन्छन् । नागरिकका आकांक्षा पूरा गर्नका लागि आवश्यक स्रोतको प्रबन्ध राज्यको प्राथमिकतामा पर्नुपर्छ । स्रोतको अभावमा संविधान नै कार्यान्वयन हुन नसक्ने जोखिम निम्तिने भएकोले राज्यको सामथ्र्य बढाउनुपर्छ । मुलुकमा सुशासन संकुचित हुँदै जानु लोकतान्त्रिक प्रणालीलाई अस्वस्थ हुन बल पुग्छ । तसर्थ स्वस्थ लोकतान्त्रिक प्रणाली निर्माणका लागि सुशासन कायम गर्ने, वैदेशिक नीतिमा स्थिरता र सार्वजनिक अंग तथा सामुदायिक संगठनमा तीब्र दलीयकरणलाई निरुत्साहित गर्न सक्दा लोकतान्त्रिक प्रणाली सबल बन्छ । सबल लोकतान्त्रिक प्रणालीबाट नै नागरिकका आशा र आकांक्षा पूर्ति हुन्छ । र, उनीहरु कसैको लहैलहै र उक्साहटमा पर्ने जोखिम कम हुन्छ । लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न राजनैतिक दल र नागरिक सक्षम छन्, त्यो नै सबल लोकतन्त्रको उज्यालो भविष्यको मार्गचित्र हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij