२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

२० खर्ब रुपैयाँ हाराहारीको बजेट आउने अनुमान

२० खर्ब रुपैयाँ हाराहारीको बजेट आउने अनुमान

२० खर्ब रुपैयाँ हाराहारीको बजेट आउने अनुमान

२० खर्ब रुपैयाँ हाराहारीको बजेट आउने अनुमान

२० खर्ब रुपैयाँ हाराहारीको बजेट आउने अनुमान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • काठमाडौं । सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ३ बजे बजेट पेस गर्न लागेका हुन् । 

    आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ । 

    आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ । 

    पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको धेरै सुझावलाई बजेटमा समावेश गरिएको बताइएको छ । यस्तै, सरकारले आयोगको सुझाव कार्यान्वयनका लागि कार्ययोजना समेत स्वीकृत गरेको छ ।

    अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र चलायमान बनाएर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न पोलिसी डिपार्चर गर्ने संकेत गरेका छन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij