२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्र विस्तार ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।  

    प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि छ । 

    चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ ।

    प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।  

    गत फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो । यसैगरी मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij