२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्थतन्त्र चलायमान बनाउने बजेट

अर्थतन्त्र चलायमान बनाउने बजेट

अर्थतन्त्र चलायमान बनाउने बजेट

अर्थतन्त्र चलायमान बनाउने बजेट

अर्थतन्त्र चलायमान बनाउने बजेट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार, चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।


    बजेटमा टुक्रे योजना परेका छैनन् । ३ करोडभन्दा कम लागतका योजना कटौती हुँदा ४ हजार ६ सय योजना कटौती भएका छन् । संघीय सरकारको बजेटमा साना योजनाका लागि बजेट विनियोजन हुँदा बजेट कार्यान्वयनमा समस्या हुनुका साथै बजेट प्रतिफलमुखी हुन सकेको थिएन् । जेष्ठ नागरिक भत्ताको उमेर ७० वर्ष कायम गरिएको छ । यसले राज्यको वार्षिक १० अर्ब जोगिएको छ । साना योजनाका लागि बजेट विनियोजन गर्ने जिम्मा स्थानीय र प्रदेशलाई दिएर संघीयताको अभ्यास गर्न खोजिएको छ । यो बजेटको सकारात्मक पाटो हो । स्टार्ट अप व्यवसायमा २० लाखसम्म ३ प्रतिशत सहुलियत ब्याजमा कर्जा दिने, सूचना प्रविधि सेवा निर्यातमा ७५ प्रतिशत आयकर छुट, सेवा निर्यात गर्ने व्यक्तिको आयकरमा ५ प्रतिशत सीमा तोक्नु पनि सकारात्मक छ । विद्युतीय गाडीको भन्सार महशुल यथावत राखिएको छ । खेलकुदमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ ।

    खेलकुदको बजेट ६ अर्बभन्दा बढी छ । खेलकुद पूर्वाधार निर्माणको लागि प्राथमिकता दिइएको छ । खेलकुदका लागि प्राथमिकता नदिएको गुनासो भइरहेका बेला बजेट विनियोजन गरेर सरकारले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ । सरकारले बर्दघाट—दुम्किबाससहित विभिन्न सुरूङमार्ग निर्माण र संभाव्यता अध्ययन अघि बढाउने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
    कतिपय विषय बजेटमा आउने तर कार्यान्वयन नहुँदा समस्या छ । बृहत् लुम्बिनी गुरुयोजना बनाउने बारेमा पटक—पटक बजेटमा आएको छ, तर कार्यान्वयन भएको छैन । 


    सरकारले अनुमान गरेअनुसार राजस्व संकलन हुन नसकिरहेको बेला बजेटको प्रमुख स्रोत राजस्व संकलनमा संकुचन हुने र वैदेशिक अनुदान पर्याप्त आउन नसकिरहेको र बदलिदो भूराजनीतिको प्रभाव वैदेशिक सहयोगमा परेकाले अनुमान गरेअनुसार वैदेशिक अनुदान र सहयोग आउन असंभव हुनसक्छ । यो हिसाबले स्रोत सुनिश्चित हुन नसकेको बेला बजेट संशोधन गर्नुपर्ने जोखिम उत्तिकै छ । बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । 


    साना व्यवसायी र निजी क्षेत्रलाई उत्साह जगाउने बजेट आएको छ । निजी क्षेत्र उत्साहित हुँदा स्वभाविक रुपमा आर्थिक गतिविधि चलायमान हुन्छ । अब बजेट कार्यान्वयन महत्वपूर्ण पक्ष हो । पुँजीगत खर्च गर्ने क्षमता बढाउन सक्दा बजेटको उद्देश्य र लक्ष्य हासिल गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij