२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वर्तमान अवस्था कि व्यवस्थाको परिवर्तन

वर्तमान अवस्था कि व्यवस्थाको परिवर्तन

वर्तमान अवस्था कि व्यवस्थाको परिवर्तन

वर्तमान अवस्था कि व्यवस्थाको परिवर्तन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • वर्तमान ‘देशको अवस्था कि व्यवस्था परिवर्तन’ भन्ने विषय अहिले चर्चामा छ ।  यसलाई बढी चर्चामा पूर्व पञ्चे–मण्डले र राजावादीहरुले अगाडि सारेका छन् । खासगरी वर्तमान राज्य सत्ताका पक्षपाती कांग्रेस–एमाले र माओवादीविरुद्धको बढ्दो जनआक्रोश र विरोधलाई अघि सार्दै उनीहरुको यो भनाइ आइरहेकोे छ । यतिसम्मकि यिनीहरुले यसैका लागि पूर्व राजा ज्ञानेन्द्रलाई अघि सार्दै जनप्रदर्शन पनि गरिरहेका छन् । विगत चैत १५ को हत्या, हिंसा, लुटपाट र आगजनी यसैको उपज थियो । अब अहिले पनि यो जेठ १५ को विरोध प्रदर्शन त्यसैको लागि हुने भनिएको छ । अवस्था होइन व्यवस्थाकै परिवर्तन खासमा यो उनीहरुको भनाइ र उद्देश्य के हो ?


    वर्तमान राज्य व्यवस्था भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली हो । आज देशमा यो व्यवस्था लागू भएको एक दशक पूरा भइसकेको छ । निश्चय नै नेपालका लागि यो व्यवस्था अर्थात् संघीय गणतन्त्र पहिलो र नयाँ नै हो । तै पनि हुने बिरुवाको चिल्लो पात भने जस्तै यसको नतिजा परिणाम आजसम्म त्यति राम्रो देखिएको छैन । खाली एक राजाका ठाउँमा अनेक भुरे टाकुरे दलीय राजा– रजौटा र उनीहरुकै रजाई चल्दै आएको छ । देशमा बढ्दो भ्रष्टाचार, अन्याय, अत्याचार, कमिशन र विचौलियाहरुको बिगबिगी छ । खाली फरक के छ भने हिजो राजाको नाममा केही मुठ्ठभीर पुराना पञ्चे–मण्डले र दरबारियाहरुको रजाई थियो भने अहिले केही दल अनि केन्द्र प्रदेश र स्थानीय सरकारका सयौं सांसद, प्रतिनिधि, सरकार प्रमुख र मन्त्रीहरुले रजाई गरिरहेका छन् । यस अर्थमा वर्तमान यो राज्य व्यवस्थाप्रति आम जनताको विरोध र असन्तुष्टि देखिनु स्वाभाविक नै छ । यसैलाई देखाएर भन्ने गरिएको व्यवस्थाको परिवर्तन जरुरी छ । 


    अब प्रश्न उठ्छ कस्तो व्यवस्थाको परिवर्तन ? अहिलेसम्म विश्वमा तीन प्रकारका राजनीतिक व्यवस्था अभ्यास भई आएको छ । एउटा सामन्ती निरंकुश र दरबारिया भने अर्काे सामन्ती दलाल र नोकरशाही बुर्जुवा र यी दुवैको विकल्पमा जनगणतन्त्र र समाजवादी राज्य व्यवस्था । नेपालमा पनि पहिलो शासन व्यवस्था २४० वर्षदेखि अर्थात् शाही शासन व्यवस्था जनताले भोगी आएकै हुन् । त्यसको विकल्पमा २०४६ सालपछि संवैधानिक राजतन्त्र र बहुदलीय शासन व्यवस्था अनि २०६२÷०६३ सालको जनआन्दोलनपछि माथि भने जस्तै संघीय गणतान्त्रिक व्यवस्था चालु छ । अब भनौं यी तीन व्यवस्थामध्ये कुन व्यवस्थाको माग वर्तमान आन्दोलनकारी पुराना पञ्चे–मण्डले र राजावादीहरुको हो ? 


    यी राजावादीहरुको अहिलेको मुख्य माग नै राजतन्त्रको पुनस्र्थापना र हिन्दू अधिराज्य नेपालको छ । यस अर्थमा उनीहरुले भन्ने गरेको व्यवस्था परिवर्तन अर्थात् वर्तमान संघीय र लोकतान्त्रिक गणतन्त्रका विकल्पमा त्यही पुराना सामन्ती र निरंकुश जहाँनियाँ शाही शासन व्यवस्था नै हो । संवैधानिक राजतन्त्र भने पनि राजा संविधानदेखि माथि भएकाले कुनै पनि बेलामा निरंकुश बन्ने खतरा जहिले पनि हुन्छ । उदाहरण २०१७ सालको राजा महेन्द्रको फौजी ‘कु’ २०३६ सालमा भएको राजा वीरेन्द्रको जनमत संग्रह अनि पछिल्लो कालमा पूर्व राजा ज्ञानेन्द्रको फौजी ‘कु’ सर्वविदितै छ ।


    हो विश्वका कतिपय मुलुकहरुमा संवैधानिक राजसंस्था कायम छ । ती मुलुकहरुमा भएको राजसंस्था र हाम्रो देशमा भएको राजसंस्थाको विशेषता र चरित्र अलि बेग्लै छ ।  नेपालको राजसंस्थाकै जन्म र विकास खाली हत्या, हिंसा र लुटपाटमा नै आधारित छ । पृथ्वीनारायण शाहदेखि अहिलेका पछिल्ला राजा ज्ञानेन्द्रको जीवनी इतिहास खाली हत्या, हिंसा, षड्यन्त्र जालझेल र धोकामा आधारित छ । आफ्नै वंश आफ्नै दाइलाई र छोराछोरी समेत केही नभन्ने मौका पायो कि जे गर्न पनि पछि नपर्ने यस्तो नेपालको राजतन्त्र विश्वमा विरलै छ । पछिल्लो घटनाक्रम पूर्व राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्ड ताजै छ ।

    वास्तवमा त्यतिबेलै नेपालमा राजतन्त्रको अन्त्य भइसकेको थियो । कुन राजतन्त्रको परम्परा अनुसार त्यतिबेला ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । दाइ मरे भाइ राजा बनाइएको कुन नेपालको इतिहास र परम्परा छ ? वीरेन्द्र हत्या काण्डको स्पष्ट छानविन नै नगरी एकाएक भाई ज्ञानेन्द्रलाई राजा बनाइयो । यदि त्यो बेलाको संवैधानिक राजतन्त्र भएको भए त्यसपछि बन्ने राजा संविधान अनुरुपको हुने वा नहुने निर्णय जनतामा निहीत हुुनुपर्ने थियो । तर हतारहतार दाइको उत्तराधिकारी भाइ ज्ञानेन्द्र सिंगारिएर आए । कांग्रेस–एमालेहरुले केही नगरी तिनै ज्ञानेन्द्रलाई दाम चढाई राजा बनाए । त्यसैको गुन पछि ज्ञानेन्द्रले कांग्रेस–एमाले सबलाई सत्ताकब्जा गरी देखाइछाडे । त्यसैले भनिन्छ–‘बाघ बुढो भए पनि घाँस खाँदैन, मासु नै खाई बाँच्छ ।’ ठीक  नेपालकोे शाह वंशीय परम्परा र इतिहास यस्तै छ । संवैधानिक राजतन्त्रअन्तर्गत बस्ने र रहने यी राजाहरुको परम्परा र इतिहास नै छैन । तर पुराना पञ्चे–मण्डले र दरबारियाहरुले भने अहिले त्यस्तो राजसंस्थाको वकालत गरिरहेका छन् । स्वयं खुद पूर्व राजा ज्ञानेन्द्रले कहिले पनि त्यो भनिरहेका छैनन् । खाली केही दरबारिया छाउराहरुले मात्रै त्यस्ता कुरा उठाइरहेका छन् ।


    अहिले व्यवस्था परिवर्तनको जुन आवाज उठाइरहेका छन् यी तिनै सामन्ती, दरबारिया र पञ्चे–मण्डलेहरुको जमात हो । यसको नाइके पूर्व राजा ज्ञानेन्द्र हुन् । आफू गोप्य भूमिगत भएर आफ्ना पूर्व पञ्चे–मण्डले र दरबारिया छाउराहरुलाई सडकमा उतारेर त्यसैको बलमा फेरि दरबारिया सिंहान हासिल गर्ने दाउमा ज्ञानेन्द्र छन् । तर यो प्रतिगमनकारी आन्दोलनले ज्ञानेन्द्र र अर्का आसेपासे पूर्व पञ्चे–मण्डले र दरबारियाहरुलाई होइन यिनै वर्तमान यथास्थितिवादी कांग्रेस–एमाले र माओवादीहरुलाई नै बढी मजबुत पार्ने छ । यसले पहिले त यथास्थितिवादी कांग्रेस– एमाले र माओवादीबिचको अन्तर कलहलाई मथ्थर मात्रै होइन तत्काल आवश्यक परे मिलिजुली संयुक्त सरकारसमेत बन्नेछ । सत्ताविहीन हुनुको छटपटाहट कति धेरै छ भन्ने कुरा माओवादी अध्यक्ष प्रचण्ड र उनका अरु नेता कार्यकर्ताहरुमा दिनहुँ प्रकट भइ नै रहेको छ । यही कांग्रेस–एमाले र  माओवादीबिचको यो अन्तर्विरोध र यी सबैको जनता र राष्ट्रविरोधी गतिविधिले गर्दा आम नेपाली जनता यिनीहरुको मात्रै होइन सिंगो यो राज्यव्यवस्थाकै विरुद्धमा देखिएका छन् । हो यही मौकामा चौका मार्ने दाउमा पुुराना पञ्चे–मण्डले र दरबारिया यतिसम्मकी पूर्व राजा ज्ञानेन्द्र पनि लुकिबसेका छन् । धमिलो पानीमा माछा समात्ने दाउ ।


    जेठ १५ गणतन्त्र दिवस तर त्यहाँ भिडन्त गणतन्त्र कि राजतन्त्र बीच हुने भएको छ । अर्थात् प्रतिगमन र यथास्थितिहरुबिचको संघर्ष । तर यसमा अग्रगमनकारीहरुको उपस्थिति कमजोर देखिएको छ । अग्रगमनको नाममा यथास्थितिवादी कांग्रेस–एमाले र माओवादी त्यसमा पनि प्रचण्ड नेतृत्वको माओवादीले यसको नाममा जनतालाई दिग्भर्मित पार्ने काम गरेको छ । हुनतः १० वर्षे माओवादी जनयुद्धको थालनी नै यसको लागि अर्थात् नयाँ जनवाद हुँदै वैज्ञानकि समाजवाद अनि अन्तिम लक्ष्य कम्युनिष्ट साम्यवादसम्मको लागि थियो । 


    तर त्यही माओवादी नेतृत्व २०६२ सालमा १२ बुँदे दिल्ली समझदारीअन्तर्गत यही राज्य व्यवस्थाअन्तर्गत यतिसम्मकि निरंकुश राजतन्त्रको मात्र अन्त्यमा आइपुगेको थियो । कांग्रेस–एमाले त पहिलेदेखि नै संवैधानिक राजतन्त्रकै पक्षमा थिए । तर २०६२÷०६३ सालको जनआन्दोलनले यो संवैधानिक राजतन्त्रको मात्रै होइन सिंगो राजतन्त्रकै अन्त्यको घोषणा र जनगणतन्त्रको लागि आवाज उठयो । १० वर्षे माओवादी जनयुद्धको प्रतिबद्धता पनि यही थियो । तर पछि संविधानसभाको निर्वाचन साथसाथमा माओवादी नेतृत्वको सरकार बनिरहँदा माओवादी पार्टी नेतृत्व खासगरी प्रचण्ड–बाबुरामको आत्मसमर्पणले गर्दा अन्ततः यही यथास्थितिमा अर्थात् वर्तमान सामन्ती  दलाल र नोकरशाही बुर्जुवा राज्य सत्तालाई नै आत्मसात गर्ने काम भयो । जनगणतन्त्र अर्थात् किसान–मजदुर वर्गको नेतृत्वमा देशका तमाम देशभक्त, जनतान्त्रिक शक्ति केन्द्रको संयुक्त सरकार बन्नु पर्नेमा यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा खासगरी दलाल पुँजीपति वर्गको नेतृत्व र हितमा यो सरकार निर्माण भयो । 


    त्यसैले अन्त्यमा वर्तमान यो यथास्थिति राज्य व्यवस्थाको विकल्प त्यही पुराना पञ्चे–मण्डले र दरबारियाहरुको प्रतिगामी राज्य व्यवस्था होइन अर्काे नयाँ अग्रगमनकारी जनगणतन्त्र अर्थात् देशका किसान मजदुर–सर्वहारा वर्गको नेतृत्वमा आम देशका सच्चा देशभक्त—जनतान्त्रिक शक्ति–केन्द्र र जनसहभागिता बन्ने संयुक्त जनवादी राज्य सत्ता र सरकारको लागि सबै एकजुट भई अघि बढौं । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij