२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईईमा तिलाेत्तमा मै सर्वाेत्कृष्ट नतिजा ल्याएकाे पामिरले गर्‍यो उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईईमा तिलाेत्तमा मै सर्वाेत्कृष्ट नतिजा ल्याएकाे पामिरले गर्‍यो उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईईमा तिलाेत्तमा मै सर्वाेत्कृष्ट नतिजा ल्याएकाे पामिरले गर्‍यो उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईईमा तिलाेत्तमा मै सर्वाेत्कृष्ट नतिजा ल्याएकाे पामिरले गर्‍यो उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईईमा तिलाेत्तमा मै सर्वाेत्कृष्ट नतिजा ल्याएकाे पामिरले गर्‍यो उत्तीर्ण विद्यार्थीलाई  सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २७ २०८१
बुधवार, आषाढ २७ २०८१
  • तिलोत्तमा । रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा २ जानकीनगरमा रहेकाे  पामिर इन्टरनेशनल एकेडेमीले एसईई–२०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

    विद्यालयले तिलोत्तमा नगरमै सर्वोत्कृष्ट जीपीए (३.९१) ल्याउने विद्यार्थी एन्जिल पाण्डेसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । पामिरले उत्कृष्ट जीपीए ल्याएर नगरमै प्रथम हुने पाण्डेलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।

    त्यस्तै ३.७९ जीपीए ल्याउने एकजनालाई ४ हजार तथा ३.६४ जीपीए ल्याउने २ जनालाई नगद रु २५ सयसहित विद्यालयले सम्मान गरेको छ । विद्यालयबाट २३ जनाले एसईई दिएकोमा ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जना बी ग्रेडमा उत्तीर्ण भएका थिए ।

    सम्मान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले देशभरको एसईई रिजल्ट सन्तोषजनक नभएको अवस्थामा पनि विद्यालयले शत प्रतिशत नतिजा ल्याएर आफूलाई प्रमाणित गरेको बताए । आचार्यले एसईई सानो क्षेत्र भएको बताउँदै आगामी दिनका शैक्षिक यात्राहरुमा विद्यार्थीहरुले ध्यान दिएर पढ्न जोड दिए ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन चापागाईंले विद्यालयले वर्षौंदेखि उत्कृष्ट नतिजा ल्याइरहेको बताउँदै आफ्नो रुची अनुसार विषय लिएर आगामी अध्ययनलाई अगाडि बढाउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले सबैको मेहनतले स्कूल गर्व गर्न लायक शैक्षिक संस्था बनेको बताए ।

    विद्यालयका प्राचार्य गोपाल गौतमले एसईईमा सफलता हायिसल गरेका विद्यार्थीहरुलाई भावी शैक्षिक यात्राको लागि शुभकामना दिंदै शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयले राम्रो नतीजा हासिल गरेको बताए ।

    कार्यक्रममा अभिभावकको तर्फबाट रीता श्रेष्ठ, अतिरिक्त क्रियाकलाप प्रमुख अमित राना, परीक्षा संयोजक नविन शाक्य, कक्षा १० का कक्षा शिक्षक विनोद रणपाल, अर्का शिक्षक केशव खनाल, उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी एन्जील पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij