२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा सकृय बन्यो एनडिसि ; एचआइभी परीक्षण तालिमबाट २२ जना प्रशिक्षित

लुम्बिनीमा सकृय बन्यो एनडिसि ; एचआइभी परीक्षण तालिमबाट २२ जना प्रशिक्षित

लुम्बिनीमा सकृय बन्यो एनडिसि ; एचआइभी परीक्षण तालिमबाट २२ जना प्रशिक्षित

लुम्बिनीमा सकृय बन्यो एनडिसि ; एचआइभी परीक्षण तालिमबाट २२ जना प्रशिक्षित

लुम्बिनीमा सकृय बन्यो एनडिसि ; एचआइभी परीक्षण तालिमबाट २२ जना प्रशिक्षित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • बुटवल । मानव स्वास्थ्यको क्षेत्रमा २०५२ सालमा स्थापना भएदेखि कृयाशिल रहेको नागार्जुन डेभलपमेन्ट कम्युनिटी एनडिसिले आफ्ना गतिविधि लुम्बिनी प्रदेशमा कृयाशिल बनेको छ। 

    सोही अवसरमा बुटवलमा तीन दिनसम्म सञ्चालन भएको एचआइभी परीक्षण तालिम समापन भएको छ । आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि तीन दिने समुदायको नेतृत्वमा एचआइभी परीक्षण तालिम बुटवलमा भएको थियो । 

    IMG_20250530_142200.jpg

    नागार्जुन डेभलपमेन्ट कम्युनिटी एनडिसिको आयोजना लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वय र जि एफ ए टि एमको सहयोगमा उक्त ३ दिने तालिम आयोजना गरिएको एनडिसीका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले जानकारी दिए । 


    उनले लुम्बिनी प्रदेशका तराइका छ जिल्लाहरु रुपन्देही, बाँके, बर्दिया, कपिलबस्तु, दाङ र परासीमा कार्यक्षेत्र रहेको बताउँदै उनले तालिममा २२ जना सहभागी रहेको बताए । 

    IMG_20250530_142528_1.jpg
    प्रवासी कामदार र उनीहरूका दम्पतिका लागि एचआइभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको र आगामी दिनमा लुम्बिनी प्रदेशमा थप कार्यक्रम गरिने उल्लेख गरे।


    समापन समारोहमा जि एफ ए टि एमका अनुगमन तथा मुल्यांकन व्यवस्थापपक खेमराज चौधरी, कार्यक्रम संयोजक बिर बहादुर पुन, एनडिसि रुपन्देही कार्यक्रम अधिकृत राधा अधिकारी भट्टराई लगायतले बोलेका थिए ।

    IMG_20250530_142610.jpg
    तीन दिने तालिममा जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका ल्याब टेक्निसियनहरु सुमन सापकोटा कल्पना घिमिरे र शिवेन्द्र सिंह चौधरी प्रशिक्षकको भूमिकामा रहेका थिए ।


     सो अवसरमा छ वटै जिल्लाका कार्यक्रम अधिकृतहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij