२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विश्वविद्यालयमा गुण्डाराज बन्द गर

विश्वविद्यालयमा गुण्डाराज बन्द गर

विश्वविद्यालयमा गुण्डाराज बन्द गर

विश्वविद्यालयमा गुण्डाराज बन्द गर

विश्वविद्यालयमा गुण्डाराज बन्द गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  •  त्रिभुवन विश्वविद्यालयमा चलिरहेको गुण्डाराज निन्दनीय छ । गुण्डाराज नियन्त्रण गरी विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन गृहप्रशासनको बेवास्ता झनै खेदजनक छ । राजनैतिक दलका भातृ संगठनका नेता–कार्यकर्ताले चलाएको गुण्डाराजलाई सत्तारूढ दल र सरकारले नै संरक्षण गर्नु मुलुकमा बढ्दो अराजकताको खुला तस्विर हो ।


    त्रिभुवन विश्वविद्यालयमा बेलाबखत चल्दै आएको उदण्ड क्रियाकलपा बुधबार पनि देखियो । सत्तारुढ दल कांग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा प्रहरीकै सामुन्ने तोडफोड गरे । तोडफोडमा उत्रनुको कारण हो–विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको भर्ना खुलाउनुपर्छ । माघमै भर्ना बन्द गरी परीक्षा फाराम खोलिसकेको विश्वविद्यालयले भर्ना गर्न नसकिने स्पष्ट पारेको छ । भर्ना नखोलेको आक्रोशमा उपकुलपति कार्यालय तोडफोड गरेर विद्यार्थीहरुले विवेकहिन काम गरेका छन् । भनिन्छ–विद्यार्थी श्रृजनाका खानी हुन्, संभावनाका नायक हुन् र परिवर्तनका वहाक हुन् । कुनै समय विद्यार्थीले नै मुलुकको व्यवस्था परिवर्तनको नेतृत्व गरे । राज्यसत्ताविरुद्ध आन्दोलन गर्दा हुने दमनको प्रतिरोध गर्दा बेलाबखत हुने तोडफोडलाई समाजले स्वभाविक आक्रोशको रुपमा लिन्थ्यो । त्यसलाई राज्यसत्ताको उपज ठान्थ्यो । तर अहिले समाज परिवर्तन भएको छ । विद्यार्थीको भूमिका बदलिएको छ । राजनैतिक मुद्दाभन्दा शैक्षिक मुद्दा प्राथमिकतामा पर्नुपर्नेमा विद्यार्थी स्वार्थ समूहको कारिन्दा भएका छन्, उनीहरु शैक्षिक मुद्दालाई उठान गरी रचनात्मक ढंगले समाधान गर्नुको साटो गुण्डाराज चलाएका छन् । विद्यार्थी संगठनहरुले त्रिविलाई क्यालेण्डरअनुसार शैक्षिक कार्यक्रम चलाउन र शैक्षिक गुणस्तर बढाउन रचनात्मक दबाब दिएका छैनन् । उनीहरुले नियोजित रुपमा अस्वभाविक माग राख्ने र तोडफोड गर्ने प्रवृत्तिलाई बढाइरहेका छन् । त्रिवि नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरुको शक्ति प्रदर्शन गर्ने थलो भएको  छ । उनीहरुको यो शक्ति प्रदर्शनले विश्वविद्यालय थला पर्दै जानुको विकल्प छैन्, त्यसैगरी उनीहरुको माउ पार्टीप्रति नागरिकको भरोसा र विश्वास पनि पटक्कै बढ्दैन । 


    मुलुकमा राजनैतिक परिवर्तन भयो, अब हाम्रो आचरण र व्यवहार परिवर्तन हुनु पनि उत्तिकै आवश्यक छ । गुणगर्दी र अराजक व्यवहार र कार्यशैलीले समाजलाई सही दिशानिर्देश गर्न पटक्कै सक्तैन् । त्रिविमा भइरहेको गुण्डागर्दी क्रियाकलापले पदाधिकारी त्रसित भइरहने प्रवृत्तिले उनीहरुले कसरी विश्वविद्यालयलाई सबल बनाउन सक्छन् ? आतंकको छायाँमा कसरी कक्षा कोठामा पठनपाठन राम्रो हुन्छ ? त्रिविमा भइरहेको यो गुण्डाराजका बारेमा प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता जानकार छन् । गत वर्ष तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गृहमन्त्री रमेश लेखकसँग त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतको सुरक्षाको माग गरेकी थिइन् । विभागिय मन्त्रीले सामाजिक सञ्जालबाट त्रिविका पदाधिकारीको सुरक्षा गृहमन्त्रीसँग माग्नु अर्थपूर्ण छ ।


    सधैँ गुण्डागर्दी भइरहने त्रिविमा गल्ती गर्नेहरु पक्राउ पर्ने र कानुनअनुसार कारवाहीको दायरामा आउँदैनन् । दलीय संरक्षणले गुण्डाराज सामु प्रहरी निरिह भएको छ । मुलुकमा दलीय संरक्षणमा अपराध मौलाइरहेको यो एउटा उदाहरण हो । विश्वविद्यालय प्राज्ञिक थलो हो, यहाँ हुने हरेक गलत क्रियाकलापलाई नियन्त्रण नगर्ने हो भने त्रिभुवन विश्वविद्यालय अझँै थलिएर जाने निश्चित छ । त्रिविलाई राम्रो बाटोतिर अघि बढाउन गुण्डाराज अन्त्य गरौँ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij