२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

च्याउ टिप्ने क्रममा भालुको आक्रमणमापरी एक महिला गम्भिर घाईते

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • दाङ । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् ।

    लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भिर घाईते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

    विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

    घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागी बुटवल लगिएको छ । घर्ती चार÷पाँच जनाको समुहमा च्याउ टिप्न जंगल गएकी थिइन् ।

    उनका दुई जना साथिलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको सशस्त्र प्रहरी नायव निरिक्षक ढकालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij