२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल र नेपालीलाई नहेप

नेपाल र नेपालीलाई नहेप

नेपाल र नेपालीलाई नहेप

नेपाल र नेपालीलाई नहेप

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बुधवार, जेठ २२ २०८२
बुधवार, जेठ २२ २०८२
  • भारतको परिचय दिने चीजविजहरु के–के छन् थाहा छैन, तर नेपालबाट बग्दै गएका पुच्छरतिर बग्दै गएका खोलाघोलाका कोरण्डा कुण्डहरु छन् । ती कत्तिको शुद्ध, पवित्र र चोखा छन् त्यो मूल्यांकनको विषय हो  । छैन । 
    तर नेपाललाई चिनाउने धेरै छन् । 


    पहिलो कुरा त नेपाललाई अति प्राचीन शैवदेश भनेर विश्वले मानेको छ । 
    केही दिन पहिला भारतका एउटा ठूला नेताले लाजै नमानी भने–‘नेपालको आफ्नो पहिचान केही पनि छैन ।’ 
    यो लेखमा यही प्रसंगलाई जोडेर केही सत्य तथ्य उजागर गर्ने प्रयत्न गरिन्छ ।
    नेपालमा के छैन ? जे पनि छ । लेख्दै जाने हो भने रामायण, महाभारतभन्दा ठूला ग्रन्थ तयार हुनेछन् ।  
    विश्वको सर्वाेच्च शिखर सगरमाथा नेपालमा छ ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ ।
    गौतमबुद्धको बासस्थान तिलौराकोट छ ।
    सिद्धार्थ गौतमको मावली कोलीय राज्य रामग्राम पनि त नेपालमै छ । कनकमणि बुद्ध र क्रकुन्द बुद्धहरुको जन्मस्थल यही कपिलवस्तुमा त छ ।


    इ.पु.सातौं शताब्दी साङ्ख्य दर्शनका प्रणेता महर्षि कपिल मुनिको आश्रम कोपिलधाम कपिलवस्तुमै छ ।
    दोस्रो शताब्दीका पतञ्जली (पलाँटे अर्घाखाँची हाल शीतगंगा गा.पा.जसले छरिरहेर रहेका योग सूत्रहरुलाई एकताबद्ध गर्ने काम गरे । विश्वलाई नै  चिनाउने देवाधिदेव महादेव शिव,  शंकर पशुपतिनाथको मन्दिर नेपालको काठमाडौंमै छ  । विश्वकै सर्वाेच्च शिखर सगरमाथा नेपालमा नै छ ।  यसरी नै अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी जस्ता आकर्षक हिमालहरु नेपालमै छन् । 
    विश्वका अन्यत्र कहीं नपाइने शालग्राम विष्णुको प्रतीक नेपालको कृष्ण गण्डकी, कालीगण्डकी क्षेत्रमा मात्र पाइन्छ । यतिका नेपालको चिनारी भए पछि के को पहिचान खोज्छस्, छालाका आँखा भएका तर घमण्डले रिपको आँची झैं फुलेका दक्षिणा हो ?
    विश्वको सर्वाेच्च स्थलमा अवस्थित विशाल ताल रारा दह नेपालको मुगु जिल्लामा छ । 


    प्रिय विद्वान मित्रहरु यो लेख मैलै तिनै व्यक्तिहरुका कानभित्र सुटुक्क पसोस् भनेर लेखिरहेको छु, जसले आफूलाई ठूल्दाइ वा जेडदाइ ठानेर नेपाल र नेपालीलाई होच्याउने गर्दछन् अथवा जसले नेपाल र नेपालीको कुनै पहिचान छैन भनेर बहस पैरवी गरिरहेका छन् । 
    हाल सालको कुरा गर्ने हो भने तिनीहरुमध्ये हाम्रो देशको दक्षिणपट्टीका देशका रंजित रे हुन् । यिनी तिनै व्यक्ति हुन् जसले सावभौम नेपाली जनताले निर्वाचन गरेको संविधानसभाले निर्माण गरेको संविधान २०७२ साल आश्विन ३ गते नेपालको संविधान घोषणा गर्न थाल्दा नेपालमा आएर यिनैले यो संविधान घोषणा नगर, घोषणा गर्ने नै हो भने हिन्दु राष्ट्र लेख भनेर हस्तक्षेप गरेका थिए ।


    दक्षिणा रंजित रेको हस्तक्षेपका बाबजुद संविधानसभाबाट तयार भएको संविधान २०७२ साल आश्विन ३  गते सार्वजनिक भयो । 
    संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान सार्वजनिक भएपछि संविधानको भावना बमोजिम दलहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए । ओली नेतृत्वको सरकारलाई मात्र होइन नेपाली जनतामाथि भारतले नाकाबन्दी छ महिनाभन्दा बढी लगायो । भारतले नाकाबन्दी लगाए पनि नेपाली जनता भोकले मर्ने अवस्था त थिएन, तर पेट्रोलियम पदार्थको त अभाव नै भयो । धन्न उत्तरी छिमेकी देश चीनले आवश्यक सामग्री र इन्धन आपूर्ति गरिरह्यो । यही बेला कोभिड १९ को महामारीले आक्रान्त पारेको थियो । 
    तर भारतीय शासकहरुको पेटमा हरि रहनेछ । हरि देखिएन । दुःखमाथि दुःख भुक्तमानमाथि भुक्तमान नेपाल र नेपालीले सही रहे र सही रहन बाध्य । केपी ओली सरकारको नेतृत्वमा नेपाली जनता नाकाबन्दीविरुद्ध एकाकार, एकताबद्ध भई लडेकै कारण भारतीय शासकहरु नेपाल समक्ष झुक्न बाध्य भयो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका प्रवक्ताहरुले दूध चोर बिरालो दूध खाएर रित्याइ सक्दाखेरि दूध खाएको छैन हैन भनेर म्याउँ म्याउँ गर्न थाले । 


    रञ्जित रे तिनै हुन् ऊ बेला उनी विदेश सचिव थिए क्यारे ! अहिले परराष्ट्र मन्त्री छन् क्यारे । उनले अहिले भन्दै छन्, केही दिन पहिला लाजै नमानी भने नेपालको आफ्नो मौलिक पहिचान र परिचय छैन । हिन्दु धर्म पनि हाम्रो भारतको हो । नेपाल नेपालीको होइन भन्न भ्याए । विचरा मोदी ! विचारा रंजित रे बिलिष्ट होइन धर्म अन्धताको घमण्डले पातलिंदै गएका छन् !


     तिमीहरुले आजकाल भारतबाट के के हो के के धार्मिक सम्प्रदाय बनाएर नेपालतिर पठाउने गरेका छौं । ती नभए पनि नेपाल र नेपालीको राम्ररी निर्वाह हुन्छ । निरञ्जन, निराकार अर्थात् वर्गविहीन, छुवाछुतविहीन शैव धर्म संस्कृतिको उद्गम स्थल नेपाल नै हो । तर दक्षिणातिरबाट तिमीहरुले धार्मिक छुवाछुतको जालो, लैंङ्गिक विभेदको जालो धर्म सम्प्रदायको नाममा भेजेका छौं । नेपालीहरुमा समेत सङ्कीर्णताको विजारोपण गरेका छौं । 


    तिमीहरुले हिन्दु धर्म संस्कृति भारतीयहरुको मात्र धर्म संस्कृति हो भन्छाँै भने भारतीय धर्म संस्कृति अन्धतावादी जोगी जलन्तेरी तुम्बुमा हाल्न थाल्यौं । धर्म संंस्कृति कसैको तुम्बुमा हाल्न मिल्दैन । जसले जुन धर्म मान्न पनि स्वतन्त्र हुन्छन् । 
    आँखा फट्याएर हेर, कान खोलेर सुन शिवशंकर भोलेनाथ कैलाशपते कहाँका हुन् ? अवश्य विश्वलाई नै थाहा छ, पशुपतिनाथको मन्दिर कहाँ छ ? स्पष्ट छ, नेपालमै छ । 


    अहिले पनि मानसरोवर कैलाश नेपालको उत्तरी सीमासँग नजिकै छ । मानसरोवर कैलाश नेपालको उत्तरी सीमासँग जोडिएको छ । मानसरोवर कैलाशको गौरवको अनुभूति तिमीलाई बढी होला कि नेपालीलाई ?


    जिब्रो फट्कारेर बोल्न सक्छौं ? आजको २२औैं शताब्दी खुला हृदयका साथ खुल्ला कुरा गर्ने कि माखाको पित्त जति सङ्कीर्ण कुरा गर्ने ? लौ भन !


    सांङ्ख्य दर्शनका प्रणेता महर्षि कपिल कनकमणि बुद्ध, क्रकुछन्द बुद्ध नेपालको कपिलवस्तुकै हुन् । सिद्धार्थ गौतमबुद्ध आदिको जन्मस्थल, संबुद्धत्व प्राप्ति स्थल लुम्बिनी नै हो । छरिएर रहेका योगासनहरुलाई एक सूत्रलाई आबद्ध गर्ने महर्षि पताञ्जली अर्घाखाँची पलाँटेका शीतगंगाका हुन् ।


    आदिम मानव जाति रामपिथेकसको उत्पत्ति स्थल तिनाउ नदी पाल्पा बुटवल नै हो । नेपाली जनताको स्वाभिमान र सरकारको दृढ नेतृत्व विश्वको जनमतले तिम्रो वैमानता र हेपाहा प्रवृत्तिलाई पहिचानको रुपमा हेरिरहेको छ । 


    सारतः  २०७२ सालमा भारतले हिन्दु धर्मलाई नेपाल राष्ट्रिय धर्म घोषणा गर भनेर दबाब दियो । तर अहिले आएर रंजित रे जस्ताले नेपालको कुनै पहिचान छैन र हिन्दु धर्म नेपाल र नेपालीको होेइन भन्नुको अर्थ नेपाललाई भारतले मुसा खेलाए झैँ खेलाउन खोजेको पाइन्छ ।  


    नेपालको पहिचान के छैन ? बहुत धेरै छ । यसको साङ्गपाङ्ग उतार्न थाले महाभारतभन्दा ठूलो आकारको पुस्तक बन्नेछ । 
    अन्त्यमा–
    नेपाललाई नहेप भारत
    लेक बेसी बस्दैछौं गारत
    स्वाभिमान साथ 
    झन् माया लाइरहने 
    जोश आइरहने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij