२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा नदीजन्य वस्तुको अबैध उत्खनन् र चोरी निकासी बढ्दो

प्युठानमा नदीजन्य वस्तुको अबैध उत्खनन् र चोरी निकासी बढ्दो

प्युठानमा नदीजन्य वस्तुको अबैध उत्खनन् र चोरी निकासी बढ्दो

प्युठानमा नदीजन्य वस्तुको अबैध उत्खनन् र चोरी निकासी बढ्दो

प्युठानमा नदीजन्य वस्तुको अबैध उत्खनन् र चोरी निकासी बढ्दो
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बुधवार, जेठ २२ २०८२
बुधवार, जेठ २२ २०८२
  • प्युठान।माण्डवी गाउँपालिका –५ ड्याम साइट  स्थित अबैध रुपमा झिमरुक नदीबाट नदीजन्य बस्तुको उत्खनन् र चोरी निकासी भइरहेको छ।सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर चोरी निकासी भएको हो।  

    प्युठानका नदी तथा खोलाहरुमा केही दिनयता अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दै आएका छन्।जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ। 

    माण्डवी गाउँपालिका–५ ड्याम साइट स्थित स्वर्गद्वारी एग्रिटेक प्रा.लीले  समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानीयवासीले गुनासो गरेका छन्।जसका कारण नदीको बेग परिवर्तन भई वरपरका बस्ती र खेतीयोग्य जमिन कटानको जोखिममा परेको उनीहरुको गुनासो छ।  

    झिमरुक र माडी नदीको बगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अवैध काम भएको जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताए। 

    नदीमा ठूला मेसीन प्रयोग गरी उत्खनन गर्न वातावरण संरक्षण ऐनले रोक लगाएको छ । त्यसमाथि मन्त्रिपरिषद्ले २०७१ सालमा गरेको निर्णय अनुसार वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनले अनुमति दिए बेगर नदी क्षेत्रमा डोजर, एक्साभेटर जस्ता मेसीन लगाएर ढुङ्गा, गिट्टी र बालुवा निकाल्न पाइँदैन र पनि, ठेकेदार र क्रसर व्यवसायीले प्रदेश र स्थानीय सरकारसँगको मिलेमतोमा नदीमै पसेर मेसीन चलाइरहेका छन्। 

    प्युठानका नदी तथा खोलाबाट मापदण्डविपरीत उत्खनन् हुने नदीजन्य पदार्थ तोकिएको ठाउँमा घाटगद्दी नगरी ठेकेदारहरुले सिधै क्रसर उद्योगमा पुर्‍याउँछन्।यसले राजश्व गुम्नुका साथै वातावरणमा दीर्घकालीन असर पर्ने जानकारहरु बताउँछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij