परासी । नवलपरासी प्रहरीले अबैध सामान बरामद गरेको छ ।जिल्लाको बर्दघाट नगरपालिकाको वडान ६ बेतहानीको स्थितबर्दघाट त्रिवेणी सडक खण्डमापर्ने बेताहनीबाट अबैध सामान प्रहरीले बरामद गरेको हो ।
सामानमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने सामान रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।उनको अनुसार १५ लाख बराबरको मोबाइल ग्लास,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेको बताए । साढे ३० लाख बराबरको अवैध सामान बरामद गरीएको पन्तले जानकारी दिए ।
एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन ।विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरूमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ । बरामद भएका अबैध सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
उक्त सामान भन्सार छली र भुजहवा वा बसैया नाकाबाट ल्याएईएको प्रहरीले जनाएको छ ।




