२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जगदीशपुर तालमा मोटरबोट चलाउन रोक

जगदीशपुर तालमा मोटरबोट चलाउन रोक

मोटरबोटमा रोक लगाएपछि चराको बासस्थान नबिथोलिने र पर्यावरण पनि जोगिने विज्ञहरुको दाबी छ ।

जगदीशपुर तालमा मोटरबोट चलाउन रोक

जगदीशपुर तालमा मोटरबोट चलाउन रोक

मोटरबोटमा रोक लगाएपछि चराको बासस्थान नबिथोलिने र पर्यावरण पनि जोगिने विज्ञहरुको दाबी छ ।

जगदीशपुर तालमा मोटरबोट चलाउन रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल
    विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा मोटरबोट सञ्चालन गर्न बन्द गराइएको छ । प्रदेश सरकारले चरा आरक्ष घोषणा गरेको तालमा चालकसहित १० सिटे मोटरबोट तीब्र गतिमा चर्को आवाज र छाल निकाल्दै सञ्चालन हुँदा चराको बासस्थान बिथोलिएको र जलचर, स्तानधारी र सरिसृप जीवजन्तुलाई पनि प्रतिकूल असर पारेको थियो । 


    गत बैशाख ५ गतेबाट मोटरबोट सञ्चालन भएको थियो । मोटरबोट सञ्चालन हुँदा चराहरुको जीवन चक्र र जैविक विविधतालाई प्रतिकूल असर गरेको समाचार जेठ ११ गते दैनिक लुम्बिनीले प्रकाशन गरेपछि चराविद्, पर्यावरणविद्लगायत सरोकारवालाले मोटरबोट बन्द गर्न दबाब दिएका थिए ।  दबाबका बाबजुद जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले अन्य दिन बन्द गरे पनि सार्वजनिक बिदाका दिनहरुमा मोटरबोट चलाइरहेको थियो । 


    तर आलोचना बढेपछि प्रदेशको वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई निर्देशन दिएपछि पूर्णरुपमा बन्द भएको हो । ‘हामीले बन्द गर्न निर्देशन गरे पनि ठेकेदारले आलटाल गरेका थिए, गएको शुक्रबारबाट भने पूर्णरुपमा बन्द भएको छ,’–मन्त्रालयका सचिव प्रमोद भट्टराईले भने–‘विज्ञहरुको टोलीबाट अध्ययन प्रतिवेदन तयार गरी त्यसका आधारमा भविष्यमा के गर्ने निर्णय नहुँदासम्म मोटरबोट चलाउन नपाउने गराइएको छ ।’  


    सिँचाइ प्रयोजनका लागि तत्कालीन राजा महेन्द्र शाहको पालामा २०२८ मा शुरु भई २०३५ सालमा निर्माण सम्पन्न भएको जगदीशपुर ताल मानव निर्मित तालमध्ये नेपालको सबैभन्दा ठूलो ताल हो ।
    यो ताल १५७ हेक्टरमा फैलिएको छ । ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरासहित उभयचर, सरीसृप रस्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने गर्छ । 


    जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले बैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटर बोट ठेक्का दिएको थियो । 


    विज्ञहरुका अनुसार विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं चरा आरक्ष तालमा मोटरबोट सञ्चालन गर्नु गलत र गैरकानूनी हो । 
    आइयूसीएन नेपालले गरेको एक अध्ययनअनुसार ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् । 


    लुम्बिनी प्रदेश वन ऐन–२०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पंक्षी र संकटापन्न वन्यजन्तुको बासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार तीन वर्षअघि चरा आरक्ष घोषणा गरेको थियो । 


    चराविज्ञ कृष्ण भुसालले सरोकारवालाको मागअनुसार मोटरबोट बन्द गर्नु स्वागतयोग्य भएको बताए ।  
    ‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनी प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेशिन चलाउनु एकदमै गलत थियो,’ उनले भने–‘भविष्यमा पनि यस्तो कार्य हुन दिनु हुँदैन, भयो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ ।’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले विश्व सिमसार सूचिमा सूचीकृत तालमा मोटरबोट सञ्चालनले चराको वासस्थान बिथोलिएर चराको संख्या घट्दै लोप हुने खतरा हुने बताउँछन् । 


    सन् २०१९–२० तिर २०–२२ हजार पानी चरालाई आश्रयस्थल दिँदै आएको तालमा गत वर्ष ८ हजारमात्र पानी चरा गणना गरिएको थियो । 
    जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत ईश्वरीप्रसाद पौडेलले मोटरबोट सञ्चालनबारे प्रश्न उठेपछि बन्द गर्न निर्देशन दिइएको बताए । 


    रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये एक  जगदिशपुर तालसन् २००३ मा रामसार सचिवालयले अन्तर्राष्ट्रिय महत्वको विश्व सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो ।


    तालमा मध्य एसियाका तुर्केमेनिस्तान, किर्गिस्तान र साइबेरियाबाट पनि यहाँ चरा आउँछन् । तालमा हाँस प्रजातिका खडखडे, सिलसिले, कालीजुरे र मालक पनि आउने गर्छन् । त्यस्तै सुइरोपुच्छ«े, बिजुलागैरी, बेल्चाठुडे, सिन्दुरे, कैलो टाउके र हरि हाँस, रुख सुडसुडिया, चिमचिमे र जल रंक चरा पनि आउने गर्छन् । 


    कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल स्थानीयहरूले संरक्षण र जोगाएको तालमा उनीहरूले अपनत्व खोज्नु जायज भएको बताए । 


    उनका अनुसार नगरपालिकाले मञ्चलाई डुंगा मर्मत तथा नयाँ खरिदका लागि ५ लाख रुपैयाँ र जलाशय सरसफाइका लागि २ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij