२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलाेत्तमाकाे पत्थरडाँडामा शेरा टायल्सको नयाँ सोरूम

तिलाेत्तमाकाे पत्थरडाँडामा शेरा टायल्सको नयाँ सोरूम

तिलाेत्तमाकाे पत्थरडाँडामा शेरा टायल्सको नयाँ सोरूम

तिलाेत्तमाकाे पत्थरडाँडामा शेरा टायल्सको नयाँ सोरूम

तिलाेत्तमाकाे पत्थरडाँडामा शेरा टायल्सको नयाँ सोरूम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल । भारतको गुजराँतस्थित शेरा टायल्स एण्ड सेनेटरीले नेपालको रुपन्देहीमा पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । शेरा टायल्स एण्ड सेनेटरीद्वारा उत्पादित शेरा टायल्सको नेपालको पहिलो आधिकारिक बिक्रेताको रुपमा रुपन्देहीको पत्थरडाँडामा न्यू तिलोत्तमा मार्वल सेन्टरले बुधबारदेखि बिक्री शुभारम्भ गरेको हो ।

    शोरुमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पछिल्लो समय तिलोत्तमा व्यावसायिक हव बन्ने दिशातर्फ उन्मुख भैरहेको भन्दै नेपालमै पहिलोपटक शेरा टायलले तिलोत्तमामा आधिकारिक बिक्रेता छनोट गरी आफ्नो उत्पादनको बिक्री सुरु गरेकोमा धन्यवाद दिए । उनले व्यावसायिक सफलताको कामना गर्दै शेरा टायल्सको गुणस्तरीयता राम्रो रहेको पाइएको बताए ।

    तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले  न्यू तिलोत्तमा मार्वल सेन्टरले शुभारम्भ गरेको शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।

    शेरा टायल एण्ड सेनेटरीका सिनियर रिजनल म्यानेजर ब्रजेश सिंहले नयाँ सोरूमको उद्घाटनले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै सहरमा सहजरूपमा उपलब्ध हुने बताए ।

    न्यू तिलोत्तमा मार्वल सेन्टरका सञ्चालक कमल भुसालले शेराले प्रिमियम टायलहरुको मात्र उत्पादन गर्ने जानकारी दिंदै अव यस क्षेत्रका ग्राहकहरुको माग यहींबाट पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij