२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा छ दिने अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास

बुटवलमा छ दिने अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास

बुटवलमा छ दिने अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास

बुटवलमा छ दिने अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास

बुटवलमा छ दिने अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल । बुटवलमा अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास बुटवलमा आजदेखी हुँदैछ । कन्सेप्ट फाईबको आयोजनामा ब्राजिलबाट आएका प्रशिक्षकले हेयरकलरिङ मास्टरक्लास तालिम आयाेजना गर्न लागेकाे शुभारम्भ अघि पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हाे ।  पत्रकार सम्मेलनमा कन्सेप्ट फाईबका अध्यक्ष सञ्जय शर्मा भन्डारीले कार्यक्रमको बारेमा जानकारी गराए ।

    उनले सलोनहरुमा नयाँ प्रविधी आईरहेको बताउँदै अन्तराष्ट्रिय मापदण्डका स्किल प्रदान गर्नेगरी तालिम आयोजना गरिएको बताए । 
    उनले यहि पेशा गरिरहेका तथा बेसीक जानकारी भएका व्युटिसियन तथा सलोन सञ्चालकहरुलाई तालिम प्रदान गरिने बताए ।

    ब्राजिलबाट प्रशिक्षक उबेर लिमाले ३० वर्षको अनुभवको आधारमा अन्तरास्ट्रिय मान्यता अनुसार सिप प्रदान हुने उनले बताए ।

    बिदेश जादा सीप सिकेर जादा राम्रो आम्दानी गर्न सक्ने भएकोले यो तलिम प्रभावकारी हुने भन्दै यस्तै तालिम लिन बिदेशमा पुग्दा ठुलो रकम खर्च हुनेअवस्थामा बुटवलमा नै तालिम हुँदा थोरै खर्चमा सीप सिक्न पाईने बताए ।

    सलोन भएका ट्रेनिङ चलाईरहेकालाई सिपलाई सिकेर अन्तराष्ट्रिय करण गर्ने गरि सहभागी शुल्क १५ हजार रुपैयाँ प्रतिब्यक्ति रहेको बताए । 

    ६ दिनमा ३० घण्टा हुने तालिममा सहभागिले लाईभ प्राक्स्टिस गर्न पाउनले अध्यक्ष भण्डारीले जानकारी दिए । नेपालभरबाट १५० बढी सहभागी तालिममा हुदैछन।

    तालिममा मास्टर डिएगोले दोभासेको काम गर्नेछन् भने सीता क्षेत्री , मिरा श्रेष्ठ र बिन्दु खनालले स्थानीय कार्यक्रम सहयोग गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij