२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुटवलमा सञ्चालित आठ वटा मेडिकल क्लिनिक र ल्याबहरू बन्द गरेको छ।रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बिहीबार गरिएको अनुगमनको क्रममा दर्ता नगरी वर्षौंदेखि सञ्चालन गरिएका ल्याब र मेडिकल क्लिनिकहरू बन्द गरिएको हो।

    मानिसको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुने गरेको जनगुनासो बढेपछि जिल्ला अनुगमन समितिले मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन थालेको थियो। पहिलो दिन बुटवलमा सञ्चालित ल्याब र क्लिनिक गरी ११ वटामा अनुगमन गरिएको थियो।

    अनुगमन गरिएकामध्ये पाँच वटा क्लिनिक र तीन वटा ल्याब दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको अनुगमन समितिले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रानाले वर्षौंदेखि अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रूचिका हेल्थ क्लिनिकलाई बन्द गरिदिएको जानकारी दिए।

    ‘मानिसको स्वास्थ्यसँग खेलबाड गरी वर्षौंदेखि दर्ताबिनै सञ्चालन गरिएका क्लिनिक र ल्याबहरूलाई बन्द गरिएको हो,’ रानाले भने।  शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधि बिक्रीको लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामीको चेकजाँच गर्ने क्लिनिक समेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको रानाले जानकारी दिए। 

    त्यस्तै रूचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याब समेत सञ्चालन गरेकोले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ। चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ। चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याब समेत सञ्चालन गर्दै आएको थियो। मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार करिस्मा पोलिटेक्निकल र राजधानी फार्मेसीले सञ्चालनको लागि अनुमति लिएको भए पनि व्यवस्थित नभएकोले दुबैलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी रानाले पहिलो दिन बुटवलका सीमित मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन गरिएको र आगामी दिनमा स्वास्थ्य क्षेत्रको अनुगमनलाई निरन्तरता दिइएको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij