२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल–नुवाकोट सडकखण्डमा जङ्गल सरसफाइ

बुटवल–नुवाकोट सडकखण्डमा जङ्गल सरसफाइ

बुटवल–नुवाकोट सडकखण्डमा जङ्गल सरसफाइ

बुटवल–नुवाकोट सडकखण्डमा जङ्गल सरसफाइ

बुटवल–नुवाकोट सडकखण्डमा जङ्गल सरसफाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल । 'प्लाष्टिक प्रदुषण न्यूनीकरण:हाम्रो दायित्व' भन्ने नारासहित आज विश्व वातावरण दिवस - २०८२ मनाइयो । पर्यावरण  संरक्षण समाज नेपालको आयोजनामा ऐतिहासिक पर्यटकीय क्षेत्र बुटवल - नुवाकोट सडकखण्डअन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा पर्यावरण संरक्षण समाज नेपालका केन्द्रीय प्रतिनिधि, वन निर्देशनालय बुटवल, बुटवल उपमहानगरपालिका, नयाँगाउँ खानेपानी संस्था, नेपाल प्रहरी, भैरव मन्दिर जुम्बा टिम, विभिन्न टोल विकास संस्था तथा सामुदायिक वन उपभोक्ता समूहका करिब ६ सय सहभागीहरूले सक्रियताका साथ प्लास्टिक, सिसाजन्य फोहोर सङ्कलन गरेका थिए ।

    बेलवास बदेलपोखरीबाट सुरु भएको सरसफाइ अभियान पाणिनी उद्यान, जितेश्वरी सामुदायिक वन क्षेत्र हुँदै लाउरे डाँडासम्म सञ्चालन गरिएको थियो । तीन घण्टा लामो सरसफाइ अभियान बिहान ५ बजे प्रारम्भ भई विभिन्न टोल–समूहहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वन निर्देशनालय बुटवलका निर्देशक प्रभात सापकोटा­ले वातावरण संरक्षणमा सबै नागरिक सचेत बन्नुपर्ने र प्लास्टिकजन्य फोहोरको अन्त्य अनिवार्य भएको बताए । उनले यस्ता सरसफाइ अभियानले दीर्घकालीन असर पार्ने भन्दै नियमितरूपमा यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

    बुटवल उपमहानगरपालिका–१३ का वडा अध्यक्ष नारायण पुनले जङ्गलभित्र फोहोर फाल्न अब पूर्ण निषेध गरिने जानकारी दिँदै सरसफाइ अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । उपमहानगरपालिकाको सरसफाइ तथा अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले नगरस्तरमै निरन्तर वातावरण संरक्षणमा काम भैरहेको उल्लेख गर्दै अभियान सफल पार्न नागरिक सचेतता र अनुशासन अपरिहार्य रहेको बताए । 

    पर्यावरण संरक्षण समाज नेपालका केन्द्रीय अध्यक्ष गङ्गा पोखरेलले २०८० सालको यही विश्व वातावरण दिवसकै दिन संस्था गठन गरेर सुरु गरिएको प्रयास निरन्तर रहेको बताइन् । संस्थाका उपाध्यक्ष अर्जुन ज्ञवालीले पछिल्लो समय बुटवल–नुवाकोट सडकखण्डलाई पर्यटकीय गन्तव्यको रूपमा चासो बढेको अवस्थामा जङ्गल क्षेत्रलाई सफा र सुरक्षित राख्न आवश्यक रहेको बताए। 

    आयोजक संस्थाका केन्द्रीय सचिव कृष्ण गाउँलेले सामुदायिक वन क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहोर अत्यधिक बढेको परिप्रेक्ष्यमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सरसफाइ कार्यक्रम आयोजना गरेको बताउँदै मानवीय क्रियाकलापले हाम्रो प्रकृतिलाई परेको असर न्यूनीकरण गर्न सचेतनामूलक अभियान चलाएको बताए  ।

    कार्यक्रममा पाणिनी उद्यानका अध्यक्ष ऋषि आजाद, नयाँगाउँ खानेपानी संस्थाका संयोजक, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शालिग्राम खनाल नेतृत्वको प्रहरी, वडा सदस्यहरू झविन्द्र थापा र लालबहादुर गुरुङ, भैरव मन्दिर जुम्बा टिमका अध्यक्ष राजकुमार थापा, गोर्खा स्पोर्ट ट्रेनिङ सेन्टरका रमेश थापा, जितेश्वरी सामुदायिक वनका प्रतिनिधि, साथै समाजका कोषाध्यक्ष बनिका भण्डारी, सदस्य बिनिता भट्टराई, अषेश भण्डारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij