२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मोटरबोट चलाउन रोक्नु सकारात्मक

मोटरबोट चलाउन रोक्नु सकारात्मक

मोटरबोट चलाउन रोक्नु सकारात्मक

मोटरबोट चलाउन रोक्नु सकारात्मक

मोटरबोट चलाउन रोक्नु सकारात्मक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २४ २०८२
शुक्रवार, जेठ २४ २०८२
  • विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं पन्छी आरक्ष जगदीशपुर तालमा मोटरबोट सञ्चालन रोक लगाइएको छ । मोटरबोट चलाएर जैविक विविधतालाई असर पुगेको भन्दै आलोचना भएपछि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय कपिलवस्तुले मोटरबोट चलाउन रोक लगाएको हो । चराको लागि प्रख्यात तालबाट चरा लोप हुँदै जाँदा जगदीशपुर तालको भविष्य संकटमा परेको भन्दै दैनिक लुम्बिनीले समाचार प्रकाशित गरेको थियो  । 


    सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको यो ताल सिँचाइको लागि भन्दा अहिले जैविक विविधताको लागि महत्वपूर्ण रहेको छ । जगधिशपुर १५७ हेक्टरमा फैलिएको छ । ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरा सहित उभयचर, सरीसृप र स्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने गर्छ । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल एक हो । तालमा  १० जना मान्छे राखेर तीब्र गतिमा चर्को आवाज र छाल निकाल्दै चल्ने मोटरबोटले चराको बासस्थान बिथोलिँदा समेत सरोकारवाला निकायले बेवास्ता गरेका थिए । बैशाख ५ गतेबाटमोटरबोट सञ्चालनमा ल्याइएको थियो । मोटरबोटको आवाजले चराको बासस्थान नै संकटमा पर्ने भन्दै चराविद्हरुले रोक्न माग गरेका थिए । । तालमा चर्को आवाजसहितको मोटरबोट घुमाई–घुमाई चलाउँदा चरा बस्न नसक्दा जगदिशपुर तालको महत्व नाश हुने भन्दै चिन्ता व्यक्त हुनु स्वभाविकै हो ।


    जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले बैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिएर मोटरबोट चलाएको थियो । आगामी दिनमा यसरी ठेक्का दिने काम बन्द हुनुपर्छ । कुन विधि र प्रक्रियाका आधारमा ठेक्का दिइयो भन्ने पनि छानविन हुनुपर्छ ।


    आइयूसीएन नेपालले गरेको एक अध्ययनअनुसार ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् । चराका लागि महत्वपूर्ण यो ताललाई लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि चरा आरक्ष घोषणा गरेको छ  ।

    चराका लागि महत्वपूर्ण तालको महत्व घट्न नदिन तालभित्र मानवीय गतिविधि सकेसम्म न्यूनीकरण गर्नुपर्छ । चरा भए मात्रै जगदीशपुर तालको महत्व हुन्छ । तत्काललाई मोटरबोट चलाउन रोकिएको छ, आगामी दिनमा पनि यस्ता गतिविधि रोक्नु नै राम्रो हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij