२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, जेठ २४ २०८२
शुक्रवार, जेठ २४ २०८२
  • परासी  । पश्चिम नवलपरासी  सुनवल नगरपालिका–२, अवरैयामा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन्।

    प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

    घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमाण्डमा २९ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सम्भावित भाग्ने मार्गहरूमा नाकाबन्दी गरी हेमराज थारुलाई नियन्त्रणमा लिएको छ।

    हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई नियन्त्रणमामा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको डिएसपी विरदत्त पन्तले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij