२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा खुल्यो छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक

बुटवलमा खुल्यो छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक

बुटवलमा खुल्यो छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक

बुटवलमा खुल्यो छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक

बुटवलमा खुल्यो छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ २५ २०८२
शनिवार, जेठ २५ २०८२
  • बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

    बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एक करोडकको लगानीमा शनिबारदेखि क्लिनीक संचालनमा आएको हो । क्लिनिकको पन्चकन्याले रिवन काटेर शुभारम्भ गरेका हुन् । 


    क्लिनीक शुभारम्भ कार्यक्रममा बरिष्ठ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर मनोज सापकोटाले क्लिनिकबाट आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र ब्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय  र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनका अनुसार बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर विन्दु खरेल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शीला ढकालले पनि सेवा दिनु हुने छ ।

    क्लिनिकबाट छाला, यौन रोग तथा बस्मेटिक लेजर विशेषज्ञ सोव, छालाका समस्याको विस्तृत डिजिटल परीक्षण, लेजर प्रयोग गरि छालाको दाग, छालामा दादलगायतका समस्याको पहिचान र समाधान, छाला तथा ट्याटुको दाग हटाउने, कपाल प्रत्यारोपण गर्ने, कपालको स्वास्थ्यकालागि जिएफसी थेरापी, छाला समस्याको परामर्शका लागि डर्मेटोलोजि सेवा,  निसन्तान दम्पत्तीकालागि उचित परामर्श र उपचार सेवालगायतका सेवा क्लिनिकमा उपलब्ध भएको डा. विन्दु खरेलले जानकारी दिए।

    क्लिनिक शुभारम्भको अवसरमा शनिबारदेखि तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुटको ब्यवस्था समेत गरिएको क्लिनीका संचालक विबेक खरालले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij