परासी । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ छ । बिदेशभन्दा आफनै गाउँमै बसेर व्यापार र व्यवासय गरी गतिलो उदाहरण रामग्राम नगरपालिकाका वडान ३का अर्जुन लोनिया बनेका छन ।
उनी उखुको जुस व्यावसायिक रुपमा गरेर राम्रो आम्दानी गर्न सफल भएका छन ।उनी पहिला बिदेश बसेर आएर अहिले ठेलामा चनाको चटपट र गर्मीको सिर्जनमा उखुको जुस व्यवासय गरिरहेका छन । उनी भन्छन बिदेशमा अरुको काम गर्दा धेरै दुख हुने गरेकोे बताउँछन ।
उनी भन्छन म तीन पटक बिदेश गए अफानो देश फर्केको मान्छे हो अरु देशमा काम गर्दा त्यहा धेरै दुख हुने गरेको र त्यहाँ अरुको अधिनमा काम गर्नु पर्ने बाध्यता रहेको थियोे र तर मैले अब अफानो देशमा केही गरौ भन्ने यो पेशा अगाल्लेएको हो ।
हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन, उखुको रस बेच्दै लोनियाले भने “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन ।” उनी त्यहाबाट फर्केर आएर ठेला र उखु जुस बिक्री बितरण गदै आएका छन । उनी भन्छन यो पेशाबाट सन्तुष्ट छु ।
बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष स्टल त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ । गर्मीको मौसममा मासिक ३० हजारसम्म आम्दानी गदै आएका छन ।
। लोनिया २० बर्ष देखी निरन्तर परासी सदरमुकाम र हाट बजारमा गर्मीको सिर्जनमा उखुको जुस बिक्री बितरण गदै आएको लोनियाले बताए । उनी सबैखर्च काटाएर ३० हजार बचत हुने गरेको बताए । लोनियाले यही उखुको जुस बेचेर छोरा छोरी पढाउनु साथै सात जना घरपरिवार खर्च चलाउँदै आएको बताए । उनी उखु जुसको मात्र व्यावसाय गर्दैनन् ।
गर्मीको सिर्जन बाहेक लोनियाले ठेलामा खाटो मिठोे चनाको स्वादिलो चटपट पनि बिक्री बितरण गदै आएका छन । उनी परासीको सदरमुकाम बुद्धचोकमा ठेलामा चनाको मिक्स चपपट बेच्दै आएका छन ।
उनी कहाँ एक चोटी चनाको चटपट खाएपछि सधैभरि खान मन लाग्ने गरेको छ । उनी ठेलाबाट पनि राम्रो आम्दानी गर्न सफल छन ।
लोनिया भने ठेलामा चनाको चटपट बेचेर सबै खर्च कटाएर १५ हजार मासिक आम्दानी हुने गरेको छ । यस्तै रामग्राम वडान ३ कै बसन्त लोनिया पनि उखु जुस बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन ।
उनी गर्मीको सिर्जनमा ठेलामै मोटर जडान गरी गुडाउदै उखु पेलेर जुस बेच्दै आएका छन । उनी भन्छन सबै खर्च कटाएर गर्मीको मौसममा १५ देखी २० मासिक बचत हुने गरेको लोनियाको भनाई छ । उनी यही उखुको जुस बेचेर छोराछोरी पनि पठाउदै र घरपरिवार पाल्दै आएको बताए ।
उनीहरुले उखुको पेलेर जुस बनाउने काम गरिरहेकाहरुसंग किसानहरु पनि खुसी छन । यिनीहरुलाई चिनीमिलको भन्दा केही मूल्य तत्कालै नगद दिएर उखु लाग्ने गरेको किसानहरुले बताएका छन ।
उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने पृथ्बी चन्द्र अस्पतालका डा किरन पाण्डले बताए ।‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, डा पाण्डे भने ।




