२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्नेको सास्ती हटाऊ

दाउन्नेको सास्ती हटाऊ

दाउन्नेको सास्ती हटाऊ

दाउन्नेको सास्ती हटाऊ

दाउन्नेको सास्ती हटाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २६ २०८२
आइतवार, जेठ २६ २०८२
  • पूर्व–पश्चिम महेन्द्र राजमार्गको दाउन्ने खण्ड यात्रुका लागि सास्ती भएको छ । लामो जामको सास्ती एकातिर छ, वर्षा हुँदा हिलाम्मे र हिउँदमा धुलोले यात्रुले व्यहोरिरहेको कठिनाइ धेरै छ । तीन वर्षमा बन्नुपर्ने सडक सात वर्ष नाघ्दा समेत बन्न नसक्दा समस्या भएको छ । समयमै गन्तव्यमा पुग्न नसक्दाका अप्ठ्यारा अनगिन्ती छन् ।


    दाउन्नेको १४ किमी सडकको लथालिङ्ग अवस्थाले यात्रुले चरम लापरबाही देखिरहेका छन् । जब तोकिएको समयसीमामा सडक बनाउन सकिदैनथ्यो भने चुरे क्षेत्रको कमजोर भूभागमा सडक खोतल्नु हुँदैनथ्यो । बेलैमा बनाउन पहल गर्दागर्दै हुन नसकेको नभई सुरुदेखि नै ढिलाइ भएको हो । भौगोलिक अवस्थाको हेक्का नराख्नु सडक आयोजना र निर्माण कम्पनीको कमजोरी हो ।

    कमजोर भौगोलिक बनोट भएको ठाउँमा सडक निर्माणको काम जटिल हुन्छ भन्ने हेक्का नराखी काम अघि बढाउँदाकै परिणाम अहिले सडक लथालिङ्ग भएको हो । अनेकौँ तगारा हटाउँदै बुटवल–नारायणगढ सडकको दाउन्नेको १४ किमि बाहेक अरु खण्डमा एकतर्फी पक्की लगभग पूरा भएको छ । एकतर्फी सडक पक्की हुँदा यात्रुलाई धेरै सहज भएको छ । सडक निर्माणका लागि काम सुरु गर्ने, तर पूरा नगरी लामो समय अलपत्र राख्ने प्रवृत्ति मौलाउँदाको सास्ती अन्ततः यात्रुले भोग्दै आएका छन् । निर्माण व्यवसायीको कमजोरी एकातिर छन्, अर्कोतिर राज्य संयन्त्रले सडक निर्माणको काम चुस्त र व्यवस्थित बनाउन ध्यान नदिएका कारण समस्या चुलिएको हो । राज्यप्रति गुनासो बढेको हो ।


    एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको यो सडक चाइना स्टेट कम्पनीले २०७९ साउन २२ गतेसम्म सक्नेगरी २०७५ चैत ८ गते शुरु भएको हो । नारायणगढ–बुटवल सडक खण्ड कुल १ सय १३ किमि हो । बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन, दाउन्ने सडक खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हँुदैछ । २२ वटा पुलको निर्माणमध्ये अधिकांश सकिएका छन्, केही बाँकी छन् ।   एकतर्फी कालोपत्रे गर्ने गरी आवागमनलाई सहज बनाएसँगै दाउन्नेको सास्ती कहिलेसम्म भन्ने प्रश्न उठेको छ । दाउन्नेमा कालोपत्रेको साटो ढलान गर्ने तयारी छ ।


    दाउन्नेको सास्तीलाई न्यूनीकरण गर्न पहिरो तत्काल पन्छाउने, वर्षायाममा सडकमा निस्किएको पानी  र ट्रक पार्किङ्लाई व्यवस्थापन गर्नु पर्दछ । साँगुरो सडकमा पार्किङ् गरेर चालक सुत्दा आवागमन गर्ने यातायातका साधनलाई असहज भइरहेको छ । दाउन्ने पहाडमा ट्रक रोकेर सुत्ने चालकलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन बेवास्ता हुँदा समस्या बल्झेको हो । प्रहरीको सक्रिय पहलकदमी हुने हो भने लामो जामबाट दाउन्नेलाई मुक्त गर्न सकिन्छ । लुम्बिनी र गण्डकी प्रदेश प्रहरीबिच समन्वय गरी प्रहरी सक्रियता बढाउँदा यात्रुले व्यहोरिरहेको सास्ती हटाउन सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij