२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शैक्षिक हवको रूपमा स्थापित हुँदै बुटवल

शैक्षिक हवको रूपमा स्थापित हुँदै बुटवल

शैक्षिक हवको रूपमा स्थापित हुँदै बुटवल

शैक्षिक हवको रूपमा स्थापित हुँदै बुटवल

शैक्षिक हवको रूपमा स्थापित हुँदै बुटवल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २७ २०८२
सोमवार, जेठ २७ २०८२
  • प्रतिमा गौतम 
    बुटवल 
    पाल्पा जिल्लाकी सविता नेपालले छोराछोरीको शिक्षाकै लागि भनेर परिवार बुटवलमा आएको बताउँछिन् । उनले आफ्ना छोरालाई  बुटवलको नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा पढाइरहेकी छिन् । 


    सविता मात्र होइन शिक्षाका लागि बुटवल नै रोज्नेको संख्या धेरै बढेको छ । बुटवल उप–महानगरपालिकाले कुल बजेटको २६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ ।  


    बुटवलमा ३९ सामुदायिक विद्यालय र संस्थागत ५९ वटा गरी १०३ वटा विद्यालय रहेका छन् ।  सामुदायिक र संस्थागत गरी जम्मा ७३ हजार विद्यार्थी विद्यालय तहमा अध्ययनरत छन् । ति मध्य धेरै विद्यार्थी अहिले अध्यननकै लागि बाहिरबाट आएका छन् । 
    बुटवल—५ मा रहेको कान्ति माविमा अहिले ५ हजार ७ सय विद्यार्थी अध्ययनरतमध्ये ७ सय विद्यार्थी बाहिरबाट पढ्नका लागि भर्ना भएका छन् । यो एउटा उदाहरण मात्रै हो । 


    यसरी धेरै विद्यार्थीको रोजाइ बुटवल बनाउनका लागि बुटवल उप–महानगपालिकाले धेरै योजना तथा लगानी गरेको छ । 
    बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय धेरै विद्यार्थी रहेको एक सरकारी विद्यालय हो । कालिका विद्यालयले शैक्षिक नतिजामा पनि देशभर अग्रणी स्थान कायम गरेको छ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा हाल ७ हजार ८ सय १ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा यहाँ शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा पठनपाठन हुन्छ । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरले यो विद्यालयलाई सरकारले नमूना विद्यालय घोषणा गरेको छ । कालिका माविमा विपन्न तथा शहीद परिवारका विद्यार्थीले निःशुल्क खान र छात्रावासमा बस्न पाउँछन् । तर, सिट सीमित भएकोले छात्रावासमा विद्यार्थीको चाप थेग्न निकै सकस भएको विद्यालयका प्राचार्य दिनेश थापाले बताए ।


    नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा अहिले ४ हजार ७ सय २ जना विद्यार्थी अध्ययन गर्छन् । २ विगाहा क्षेत्रफलमा रहेको नविनमा अंग्रेजी माध्यममा मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलका अनुसार विद्यालयमा ११ र १२ कक्षामा विज्ञान, सिभिल इञ्जिनियरिङ्ग, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा विषयमा नेपाली र अंग्रेजीमा पढाइ हुँदै आएको छ ।


    बुटवलका शहरी क्षेत्रका स्कुल मात्र होइन, ग्रामीण क्षेत्रका स्कुलमा पनि विकास र प्रगतिको लहर आएको छ । 
    त्यस्तै यहाँका संस्थागत विद्यालयको योगदानले पनि शिक्षाको विकासको गतिलाई दरिलो बनाएका छन् । बुटवलका न्यू होराइजन, एभरेष्ट, दीप तथा अक्सफोड जस्ता थुप्रैँ विद्यालयले उत्कृट नतिजा दिइरहेका छन् । 
    शिक्षा ज्ञान तथा प्रविधि मन्त्रायलले २०८१ मा सबैभन्दा बढी विद्यार्थी संख्या रहेका विद्यालयमा बुटवलका कालिका, कान्ति र नविन औद्योगिक विद्यालय परेका थिए । 


    नगरका शिक्षा अधिकृत यादव विष्टकाअनुसार नगरले बाल विकास शिक्षक र विद्यालय सहयोगी कर्मचारीहरूको तलब सुविधा वृद्धि ( विद्यालय सहयोगी मासिक २००० प्रशासन सहायक रु ४००० वृद्धि) भएको छ । 
    शिक्षक व्यवस्थापन अनुदान (बालविकास, प्रा.वि., निमावि , मावि ९–१०,  मा.वि. ११–१२  गत आ.व. देखिको निरन्तरता र नगर साझेदारी समेत) हो ।  


    धार्मिक विद्यालयहरूमा सहयोगी कर्मचारी व्यवस्थापन, दरबन्दी मिलानबाट स्थायी दरबन्दी काटीने विद्यालयहरूलाई शिक्षक अनुदान (प्रा.वि. ३, नि.मा.वि. २ र सामुदायिक विद्यालयहरूमा बालविकास कोटा थप ५ वटा,  सामुदायिक विद्यालयमा नर्स व्यवस्थापन ३ जना  गरेको छ । त्यस्तै (अभिभावक, शिक्षक र विद्यार्थीसँग) नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम, शिक्षकका लागि कम्प्यूटर तथा आइसिटी व्यवस्थापन तालिम, शिक्षा विज्ञहरूको  र  शिक्षासँग सम्बन्धित सरोकारहरूको सहभागितामा शैक्षिक सम्मेलन, क्षमता विकास कार्यशाला (प्र.अ.÷शिक्षक÷कर्मचारी), विद्यालयहरूको आन्तरिक लेखा परीक्षण  र प्र.अ. तथा विद्यालय प्रशासन सहायक कर्मचारीका लागि व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन, शैक्षिक गुणस्तर सुढृणिकरणको लागि सरोकारवालाहरूसँग अन्तरक्रिया  शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।  


    सेतो गुराँस बालविकास सेवा (बालविकास कक्षा सञ्चालन), डिजिटल लर्निङ्ग पोर्टलको सञ्चालन तथा ब्यवस्थापन, वि.व्य.स., शि.अ.सं. र जन प्रतिनिधिसँग शैक्षिक सूधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम शैक्षिक तथ्यांक व्यवस्थापन कार्यशाला शैशिक सामग्री तथा विज्ञान  प्रदर्शनी ( शिक्षक÷विद्यार्थी), शिक्षक नवपवर्तन तथा शिक्षकको मागको आधारमा कार्यक्रम, शिक्षा दिवस समारोह ( उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई पूरस्कार तथा सम्मान ) आधारभूत तह उत्तीर्ण परीक्षा संचालन र व्यवस्थापनलाई नगरले अघि बढाएको छ ।


    कक्षा ३, ५, ८ र १० को नतिजा विश्लेषण , न्यून वैतनिक कर्मचारी कार्यालय सहयोगी, सफाइकर्मी नगर प्रहरी जवानका सन्ततिहरूका लागि शैक्षिक सूविधा, नगर शिक्षा योजना परिमार्जन, विद्यालय प्र.अ. शिक्षक तथा कर्मचारीहरूको शैक्षिक अवलोकन भ्रमण (सामुदायिक तथा संस्थागत विद्यालय),  विद्यालय समायोजन र दरबन्दी मिलान, पाठ्यक्रम प्रवोधिकरण  तथा अन्तरक्रियासम्बन्धी विषयगत कार्यशाला , विपन्न तथा जोखिममा परिवार बालबालिकाहरूका लागि निःशुल्क पोशाकको व्यवस्था, प्रतिवेदन तयारी (वित्तीय व्यवस्थापन तथा स्थिति प्रतिवेदन), कार्यक्रम प्रवोधिकण (अन्तरक्रिया), सामुदायिक सिकाइ केन्द्रलाई प्रस्तावमा आधारित कार्यक्रम संचालन अनुदान, विज्ञान तथा गणित शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला  समेत गर्दै आएको छ ।


    प्र.अ.हरूको कार्यशाला -बैठक (सामुदायिक तथा सस्थागत) , विद्यालय तथा शिक्षकहरूको कार्य सम्पादन मुल्यांकन सम्बन्धि कार्यशाला ,विद्यालयको असल अभ्यास आदानप्रदान कार्यक्रम ( सामुदायिक तथा संस्थागत विद्यालय), नगर शिक्षा समितिलगायत शिक्षासँग सम्बन्धित समितिका बैठकहरू तथा कार्यशाला समेत निःशुल्क स्थानीय पाठ्यपूस्तक व्यवस्थापनका लागि विद्यालयलाई अनुदान, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक संसोधन तथा लेखन, दिवा खाजा प्रति प्रतिविद्यार्थी रु २५ पु¥याउन नगर साझेदारी  बाल विकास देखि कक्षा ५ सम्म (विद्यालयमा खाजा बनाई खाजा खुवाएर माग गर्ने विद्यालयलाई मात्र ), सामुदायिक विद्यालयको सहकार्यमा बुटवल उपमहानगरपालिकाका बेसहारा एवं अनाथ बालबालिकाहरूका लागि आवासीय सुविधासहितको पठन पाठन ( कालिका मानवज्ञान मावि ), असहाय तथा विपन्न वर्गका विद्यार्थीहरूका लागि “नगर प्रमुख शैक्षिक सुधार कोष“ द्वारा छात्रवृत्ति पोशाक तथा शैक्षिक सामग्री वितरण (मैनावागर आ.वि., सूर्योदय आ.वि., मायादेवी जनजागृति आ.वि., नरैनापुर आ.वि., जनशक्ति नमुना आ.वि.,  सरस्वति प्रा.वि. बुटवल १४, दुर्गा भवानी आ.वि., भवानी मा.वि., अमर मा.वि., बुटवल बालमन्दिर आ.वि.र जनज्योति आ.वि.) मा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक व्यवस्थापन अनूदान (विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी रु १२००÷ नबढ्ने गरी)  जस्ता कार्यक्रम सम्पन्न गरेको छ । 


    शैक्षिक द्रपण प्रकाशन, सेनेटरी प्याडको दायित्व भुक्तानी क्रमागत आ.व. २०८०।८१ को ठेक्का, शिक्षा सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी कार्यशाला, विद्यार्थी वृत्ति मार्ग निर्देशन सेवा, अटो भिलेजमा अटो इञ्जिनियरिङ्गको अध्ययन सहकार्य, शिक्षासम्बन्धी ऐन, नियम कार्यविधि तथा निर्देशिका  निर्माण सम्बन्धि कार्यशाला, सस्थागत विद्यालय छात्रवृत्ति परीक्षा सञ्चालन, छोरी पढाऔँ, समाज बनाऔँ कार्यक्रमअन्तर्गत् बिटीआइमा प्राविधिक शिक्षा अध्ययन, बालविकास शिक्षकहरूका लागि मन्टेश्वरी विधिमा आधारित कार्यशाला, सामुदायिक विद्यालयको व्यवस्थापन तथा कार्य सम्पादन मूल्यांकन  बालबालिकासँग मेयर टेलिभिजन कार्यक्रम,  परीक्षा अनुगमन ( एसइई, कक्षा  ११, १२), विद्यालय निरीक्षण, अनुगमन तथा प्रतिवेदन तयारी, भवानी मा.वि. (विद्यालय संचालन तथा व्यवस्थापन अनुदान), ज्ञानज्योति पुस्तकालय सञ्चालन तथा व्यवस्थापन अनूदान, विद्यालय संचालन तथा व्यवस्थापन अनुदान (मायादेवी जनजागृति आ.वि. , मैनाबगर आ.वि., दुर्गाभवानी आ.वि., सहिद स्मृति आ.वि., जनशक्ति नमूना आ.वि., जनज्योति आ.वि.  सूर्योदय आ.वि., नरैनापुर आ.वि. बुटवल १६ लाई प्रति विद्यालय २ लाख ) महाविर पूस्तकालय सञ्चालन तथा व्यवस्थापन अनुदान,  श्री सन्तोषी माता गुरकुल विद्या आश्रम सञ्चालन अनुदान, साधना महिला विद्यालय सञ्चालन अनुदान, सूस्त मनस्थिति बाल विद्या मन्दिर सञ्चालन अनुदान  र मदरसा विद्यालय सञ्चालन अनूदान (जमिया गुलसन मदरसा, मदिना मदरसा प्रा वि, मदरसा कदरिया हेसामुल उलूम, रजाय मुस्तफा मदरसा)  लगाएतका विशेष विद्यालयलाई अनुदानका कार्यक्रम, नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम (शैक्षिक संस्थाको पूर्वाधार निर्माण)  सँगै विभिन्न विद्यालयलाई भौतिक पूर्वाधार निर्माणका काम नगरले सम्पन्न गरेको छ । 


    त्यस्तै शैक्षिक विकास कोषमा रकम जम्मा  ,तिर्थ हरिजन पुस्तकालय बुटवल ८ नवजागृति पुस्तकालय ट्रस्ट निर्माण, बुटवल ४  आदर्श पुस्तकालय, बुटवल १६  (सौचालय निर्माण)  ४ वटा सामुदायिक क्याम्पसहरूलाई मागका आधारमा पूर्वाधार विकासमा १० लाखका दरले  बजेट वितरणलगायतका काम सम्मन्न गरेको शाखा अधिकृत विष्टले जानकारी दिए । 


    सामुदायिक विद्यालयमा अझ रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), खुल्ला शिक्षा,  गुरुकुल विद्याश्रम र चारवटा मदरसा विद्यालय सञ्चालनमा छन् ।


    नगरका शिक्षा शाखा प्रमुख टिकाराम पन्थिका अनुसार वार्षिक ६१ करोड रुपैयाँ शिक्षा क्षेत्रमा खर्च हुने गरेको छ । शैक्षिक गुणस्तर विकासबाटै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरूप कार्यक्रम संचालन भएको उनले बताए । 


    त्यस्तै शिक्षक महासंघ बुटवल नगरका अध्यक्ष उपेन्द्र ज्ञवालीले प्राध्यापकहरूको लगन र समर्पण, विद्यालयका संघसंगठनमा एकरूपता, त्यस्तै आवश्यक मात्रामा बजेट उपलब्ध गराउनु, विभिन्न प्रकारका विद्यालयहरू प्राविधिक धार, अभिभावको सचेतना, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलाप, त्यस्तै समग्र निजी क्षेत्र र समग्र सबैको सक्रियतामा नै बुटवललाई शिक्षाको हबको रूपमा अगाडि बढाउन सफल भएको तर्क व्यक्त गरे । 


    उप–महानगर प्रमुख खेलराज पाण्डेयले शैक्षिक गुणस्तर विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै समुन्नत बुटवलको अवधारणालाई साकार पार्न सहज हुने बताए । समृद्ध बुटवलको परिकल्पनालाई साकार पार्न दीर्घकालीन साँेच बनाएर शिक्षामा विशेष लगानी गरेका प्रमुख पाण्डेको भनाइ रहेको छ ।  


    त्यस्तै बुटवल उप–महानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षाको हब बुटवल विकसित भएको दाबी गरिन् ।  ‘हो  दिनभरी कमाएर बेलुका पढ्न ज्ञानोदय मावि,  उमेर पुगेका महिलाकालागि साधना महिला विद्यालय र संस्थागत विद्यालय छन्, ती संस्थागत विद्यालयलाई अझैँ गरिब तथा जेहेन्दारहरूलाई हामीले अनुरोध गर्यौँ भनेदेखि हामी शिक्षाका थुप्रै सम्भावनाहरूलाई एकत्रित गरेर शिक्षाको क्षेत्रलाई अगाडि बढाउन खोजिराखेका छौं ।’–उपप्रमख अर्यालले भनिन् । 


    नगरले आफ्नो कूल बजेटको धेरै प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्च गर्नु आफैँमा सकारात्मक भएको शिक्षाविद् आनन्दमान शाक्यको भनाइ रहेको छ । नगरले लगानी गरेको बजेटको उचित प्रतिफल दिनसके शिक्षाले नै बुटवललाई चलायमान र समुन्नत बनाउने विचार शाक्यले राखे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij