२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्नातक पढ्न किन परदेश ?

स्नातक पढ्न किन परदेश ?

स्नातक पढ्न किन परदेश ?

स्नातक पढ्न किन परदेश ?

स्नातक पढ्न किन परदेश ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २९ २०८२
बुधवार, जेठ २९ २०८२
  • अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो ।


    पछिल्ला केही वर्षयता अध्ययनका लागि विदेश जाने प्रवृत्ति ह्वात्तै बढेको छ । अहिले नेपाली विद्यार्थी अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, चीन र भारतलगायत विभिन्न मुलुकमा गइरहेका छन् । विदेशमा काम गर्दै पढ्न पाइने भएकाले विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक पढ्न जानेहरु धेरै छन् । विदेशमा काम गर्दै पढ्न जाने विद्यार्थीका लागि जोखिम धेरै छ भन्ने हेक्का नहुँदा समस्यामा परेका छन् । काम गर्दै पढ्न पाइने भनिएपनि काम नपाइने समस्या चुलिँदो छ ।

    अष्ट्रेलिया, जापान, क्यानडामा विभिन्न मुलुकबाट अध्ययनका लागि विद्यार्थी धेरै पुगेपछि काम नपाएर समस्यामा परेका छन् । नेपालबाट गएका धेरै विद्यार्थी खर्च चलाउन नसकेर विचल्लीमा परेका समाचार सार्वजनिक भइरहेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि हप्तामा २० घण्टाभन्दा बढी काम गर्न नपाइने नियम पालनामा कडाइ गरेपछि धेरै विद्यार्थीको बिचल्ली भएको छ । जापानमा काम नपाएपछि लाखौँ खर्चेर पुगेका विद्यार्थीको पीडा सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । काम गर्दै पढ्न पाइने आकर्षणले विदेश हानिएका धेरै विद्यार्थीको पढाई अस्तव्यस्त भएको छ । पढ्ने कि खर्च जुटाउन काम गर्ने ? उनीहरुमा देखिएको समस्या हो यो ।


    कक्षा १२ उत्तीर्ण गरेपछि विदेश जान हतार गर्ने विद्यार्थीको कमजोरी जति छ, अभिभावकको पनि उत्तिकै छ । अभिभावकले छोराछोरीलाई यही स्नातक गराएर स्नातकोत्तर पढ्न जानका लागि प्रेरित गर्न सकिरहेका छैनन् । मुलुकबाट वार्षिक  एक खर्च १२ अर्बभन्दा बढी पैसा बाहिरियो नै, युवा जनशक्ति पलायनले समाज खलबलिएको छ । रोजगारी र अध्ययनका लागि विदेश जाने प्रवृत्तिले समाजमा वृद्धवृद्धाको संख्या धेरै देखिन थालेको छ । यस्तो समस्या आउनुको कारण देशमा केही भएन भन्ने भाष्य निर्माण हुँदा हो ।


    स्वदेशमै संभावना छ, यही केही गर्न सकिन्छ भन्ने सम्भावना र आशाको दियो बाल्न आवश्यक छ । अध्ययन र त्यसपछिको अवसरका लागि मुलुकले तन्नेरी खोजीरहेको छ । बौद्धिक वर्गले समाजलाई त्यस दिशातिर निर्देशित गर्न ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij