बुटवल । बुटवलमा हुन गैरहेको अन्तर कन्सलटेन्सी इन्डोर कृकेट प्रतियोगिताको लागि सहभागीलेहरुले आ आफ्ना जर्सी सार्वजनिक गरिरहेका छन।
राष्ट्रिय शैक्षिक परामर्श संघ, लुम्बिनी प्रदेशद्वारा आयोजना भएको प्रतियोगिताको लागि बुटवल तिनकुनेमा रहेको एपोलो एजुकेसन कन्सलटेन्सिले पनि आफ्नो खेल टिमको जर्सी सार्वजनिक गरेको हो।
सिइओ गंगा आचार्य, कप्तान सन्दीप बस्याल र टिम म्यानेजर सरोज न्यौपानेको उपस्थितिमा आफ्नो जर्सी सार्वजनिक गरिएको हो।
प्रतियोगिता यहि जेठ ३० र ३१ गते हुनेछ।




