गुल्मी
बुधबार गुल्मीको छल्दीखोलामा इस्मा गाउँपालिका –५ को अमरपुर र धुर्कोट गाउँपालिका–५ को वस्तु जोड्ने नव निर्मित झोलुङ्गे पुल तर्दै घासको भारि बोक्दै आएका दुई महिलाहरूले अहिलेसम्म नदेखेको बिचित्र लामो पुल भएको बताए । लामो पनि बिचित्रको छ , तल खोला कहाँ हो कहाँ, कति डर लाग्दो अग्लो छ । सुरु सुरुमा पुल तर्न डर लाग्थ्यो अहिले त बानी पर्यो, काम नपर्दा पनि वारिपारि गरिरहन रहर लाग्छ, उनीहरु भन्दै थिए ।
उनीहरुले पुल नबन्नुअघिसम्म पारि वस्तुतिरको खेतबारीबाट आउँदा झण्डै एक घण्टा समय लाग्ने र अहिले पाँच मिनेट मै वारपार गर्न सकिने सुनाए । । पारि अर्थात् धुर्कोट गाउँपालिका –५ को बस्तु गाउँ । वारि उप्त पुल निर्माण भएपछि दाउरा, घाँस गर्न आवतजावत गर्ने महिलाहरुलाई मात्रै होइन, विशेष गरी पारि इस्माबाट पारि वस्तुको हिमालय माविमा पढ्न आउने आउने विद्यार्थीहरुलाई झण्डै डेढ घन्टाको बाटो आधा छोट्टिएको छ ।
त्यस्तै वस्तुमा रहेको पर्यटकीयस्थल विचित्र गुफाको यात्रालाका लागि निकै सहज बनेको छ । तम्घास सिमलटारि मदन भण्डारी राजमार्ग सङ्ग जोडिएको उप्त पुलले निर्माण भएपछि विचित्र गुफामा आन्तरिक पर्यटक बढ्ने, कृषक र विद्यार्थीहरु आवातजावतमा निकै सुविधा भएको भन्दै उप्त पुलको योजना पार्ने गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट प्रति धुर्कोट – का वडाध्यक्ष केशवराज भण्डारीले आभार प्रकट गरे ।
नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका विष्ट मन्त्री हुँदा त्योसहित आफ्नो निर्वाचन क्षेत्रमा २७ वडा एकदेखि अर्को डाँडा जोड्ने निकै लामा झोलुङ्गे पुलका योजनाहरु पारेका थिए ।
। इस्मा – धुर्कोट जोड्ने उप्त पुल ३७० मिटर लामो रहेको छ । यो पुलको नेता विष्टले बुधबार एक समारोहका बिच उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै विष्टले पहाडमा गाउँ–गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलमो महत्व अझैँ बढेको बताए ।
क्षेत्र नं. २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएको भन्दै विष्टले सन्तोष व्यक्त गरे ।
उनेले सडक, खानेपानी, पुल, सिँचाइलगायतका पूर्वाधारमा थुप्रै बजेट बिनियोजन गरेकाले क्रमिक रुपमा समृद्धिको यात्रा सुरु भएको बताए ।
स्थानीय समाजसेवी बोमलाल भण्डारीका अनुसार मदन भण्डारी राजमार्गबाट ५ मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ । पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीहरुलाई समेत राहत महसुस भएको हो ।
लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेहरुको घुइँचो लाग्ने गरेकोले ति पुलहरुको दुबै मुखमा स–साना होटल पसल समेत चल्ने जनप्रतिनिधिहरु बताउँछन् ।
धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा विकासका धेरै काम अगाडि बढिरहेको बताए । उनले विष्टको निर्वाचन क्षेत्रमध्ये सबै भन्दा बढी पर्यटक भित्रिने थलो बिचित्र गुफा रहेको बताउँदै बाह्य पर्यटकको समेत घुइँचो हुने बिचित्र गुफामा झोलुङ्गे पुल बनेपछि अझैँ सडकको आवश्यकता रहेको बताए । पोख्रेलका अनुसार सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत झोलुङ्गे पुल एक करोड ८४ लाखको लागतमा निलगिरी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । पुलको ७९९ जना मान्छे अटाउने भारबहन क्षमता रहेको छ ।
धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढि भए । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन् । शान्ति प्रक्रियापछि गुफा संरक्षणका केही काम भएका छन् ।
सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्गअन्तरगत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । अझैँ पनि गुफाका पुग्ने सडक राम्रो बन्न सकेको छैन । भने व्यवस्थित पार्किङ्ग स्थल छैन् ।
अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन । प्राकृति रुपमा बनेको धार्मिक कला आकृतिसहितको गुफा नेपालकै ठुलो हुन सक्ने स्थानीयवासी दाबी गर्छन् । गुफाका धेरै विशेषता लुकेरै बसेका छन् । अहिलेसम्म दुई तलासम्म पुग्ने र अवलोकन गरिएका छन् । तर, अध्ययन गर्न सके गुफाका अरु तलाहरु प्नि अझैँ आकर्षक हुन सक्ने धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशब भण्डारीले बताए । गुफाभित्र फेला परेका संरचनाहरुलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिबालय, स्वर्गजाने बाटोलगायतका नामाकरण गरेका छन् ।




