२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी सुनचाँदी व्यवसायी संघद्धारा बिलासिता करको विरुद्धमा परासीमा विरोध प्रर्दशन

नवलपरासी सुनचाँदी व्यवसायी संघद्धारा बिलासिता करको विरुद्धमा परासीमा विरोध प्रर्दशन

नवलपरासी सुनचाँदी व्यवसायी संघद्धारा बिलासिता करको विरुद्धमा परासीमा विरोध प्रर्दशन

नवलपरासी सुनचाँदी व्यवसायी संघद्धारा बिलासिता करको विरुद्धमा परासीमा विरोध प्रर्दशन

नवलपरासी सुनचाँदी व्यवसायी संघद्धारा बिलासिता करको विरुद्धमा परासीमा विरोध प्रर्दशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • परासी  । नवलपरासी सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीले बिरोध प्रर्दशन गरेका छन् । सरकारले हालै बजेट भाषणमा सुनचाँदी व्यवासयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदैै  बिहीबार परासीमा बिरोधमा बिरोध प्रर्दशन गरेका हुन् । 


    उनीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत ज्ञापनपत्र पठाउदै सरकारलाई बिलासिता बस्तूको कर खारेजीको माग समेत गरेका छन । उनीहरुले विलासिता  बस्तुको कर र व्यवासयीमैत्री निती ल्याउन माग गरिएको सुनचाँदी व्यवासयी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले बताए । उनले भने सुनको भन्सार ६ प्रतिशत कायम गर्न समेत सरकारसंग माग गरिएको बताए । 


    सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागएको भन्दै यसलाई तुरुन्त खारेजी गर्न माग गरिएको सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले बताए । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरीएको महासंघका केन्द्रिय सदस्य भिमसिंह बि.क.ले बताए । 


    उनले भने सरकारको  बिलासिता बस्तुुमा लागाईएको करले आम उपभोक्ता पनि मर्का समेत पर्न भएकोले सरकारले उक्त कर अबिलम्ब हटाउनुपर्ने र सुन व्यवासयीहरुलाई काम गर्न बतावरण सिर्जना गर्न र व्यवसायीमैत्री नीति बनाउन ल्याउनुपर्नेमा माग गरिएको सघका सचिव देबेन्द्र सुनारले जानकारी दिए । जिल्लामा एक स ६० जना सुनचाँदी व्यवसायीहरु रहेका छन । उनीहरुले अफनो पसलहरु बन्द गरी बिरोध प्रर्दशन गरेका थिए । अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij