२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओम शान्ती डेन्टलको सेवा फर्साटिकरमा बिस्तार

ओम शान्ती डेन्टलको सेवा फर्साटिकरमा बिस्तार

ओम शान्ती डेन्टलको सेवा फर्साटिकरमा बिस्तार

ओम शान्ती डेन्टलको सेवा फर्साटिकरमा बिस्तार

ओम शान्ती डेन्टलको सेवा फर्साटिकरमा बिस्तार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ३१ २०८२
शुक्रवार, जेठ ३१ २०८२
  • फर्साटिकर । ओम शान्ति डेन्टल एन्ड इम्प्लान्ट सेन्टरको औपचारिक शुभारम्भ  एक कार्यक्रमका बीच शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा गरिएको छ।


    यसअघि सन् २०७५ सालमा बुटवलको हस्पिटल लाइनबाट ओम शान्ति डेन्टल केयर प्रालिको रूपमा सेवा प्रारम्भ गरिएको यस संस्थाले अब सेवा विस्तार गर्दै अत्याधुनिक प्रविधियुक्त दन्त उपचार सेवा शुद्धोधनमै संचालनमा ल्याएको हो।


    पैसाको अभावमा कसैलाई दाँत, मुख तथा गिजासम्बन्धी समस्या लिएर दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले ओम शान्ति डेन्टलले बालबालिकादेखि जेष्ठ नागरिकसम्म सबैलाई विशेष छुटसहित सेवा दिने जनाएको छ।


    व्यावसायिक लाभभन्दा माथि सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अनुभवी र दक्ष चिकित्सकहरूद्वारा अत्याधुनिक उपकरणसहितको सेवा उपलब्ध गराइएको सञ्चालक डा. सन्दीप पौडेलले जानकारी दिए।


     डिजिटल सुविधा भविष्य योजना
    सेन्टरमा हरेक सेवा क्षेत्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ। अनलाइन अपोइन्टमेन्ट, डिजिटल डेन्टल कार्ड, संघ–संस्थासँग सहकार्य गरी निःशुल्क दन्त शिविर सञ्चालन, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई छुटसहित सेवा दिने लगायतका योजना अगाडि सारिएको छ।


    दाँत, मुख तथा गिजासम्बन्धी जटिल समस्याको उपचार अब धेरै टाढा धाउनुपर्ने बाध्यता हटेको र स्थानीयस्तरमै सम्पूर्ण विशेषज्ञ सेवा उपलब्ध हुने डा. पौडेलले बताए।
    करिब ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको सेन्टरमा ३० गतेसम्म विशेष छुट सहित सेवाहरू उपलब्ध रहेको जानकारी गराइएको छ।


    सेन्टरको उद्घाटन ओम शान्ति डेन्टलका संस्थापक अध्यक्ष ओमप्रकाश पौडेल र उपाध्यक्ष शान्ति पौडेलले रिवन काटेर गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij