२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा ९० वर्षीय पुरुषले गरे रड प्रहारबाट श्रीमतीको हत्या

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, जेठ ३१ २०८२
शुक्रवार, जेठ ३१ २०८२
  • नवलपुर ।  नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् । 

    स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । तथापि उनले घटनाको अनुसन्धान भईरहेकोले अहिले नै यसै भन्न नसकिने बताए ।

    हत्या गरिएको आरोपित दिलबहादुर थापा प्रहरी नियन्त्रणमा रहेको छ । प्रहरी उपरीक्षक ढकालले भने –' म आफै घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भईरहेको छ । '

    जमुना थापाको घटना स्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij