२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्रील व्यवसायका चुनौति तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि तालिम सम्पन्न

ग्रील व्यवसायका चुनौति तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि तालिम सम्पन्न

ग्रील व्यवसायका चुनौति तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि तालिम सम्पन्न

ग्रील व्यवसायका चुनौति तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि तालिम सम्पन्न

ग्रील व्यवसायका चुनौति  तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि  तालिम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ३२ २०८२
शनिवार, जेठ ३२ २०८२
  • बुटवल । ग्रील, स्टिल तथा आल्मुनियम ब्यवसायी संघ रुपन्देहीको आयोजनामा भएको ग्रील व्यवसायीहरुका चुनौती एवं समाधान सम्बन्धि गोष्ठी तथा सुरक्षा र ब्यवसाय अभिबृद्धि विषयक दुई दिने तालिम सम्पन्न भएको छ । तालिममा संघका वरिष्ठ सल्लाहकार लेखनाथ पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने अनन्त सिलवालले व्यवसाय अभिबृद्धि विषयमा र विष्णु बहादुर रानाले कामदारको सुरक्षाका विषयमा तालिम दिएका थिए । यस्तै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई,रुपन्देही उद्योग संघका हरिबहादुर खत्रीले कार्यपत्र माथि टिप्पणी गरेका थिए । 
    तालिम समापनमा ग्रील तथा स्टिल ब्यवसायी महासंघ, महिला उद्यमी विभाग उपाध्यक्ष देवी कार्की,संघका अध्यक्ष बुद्धि प्रसाद गुरुङ, पुर्व अध्यक्षहरु तुलबहादुर सारु,दिल बहादुर राना,कार्यक्रम संयोजक मदन घर्ती, संघका सचिव विष्णुबहादुर राना लगायतले आफ्ना भनाई राखेका थिए । 
    संघका अध्यक्ष बुद्धि गुरुङले दर्ता विना संचालित ग्रीलकर्मीका कारण दर रेटमा अस्वस्थ प्रतिस्पर्धा हुन गई राज्यलाई कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरु मारमा परेको बताए । ग्रील जोनका लागि बुटवल उपमहानगरले जग्गा उपलब्ध गराउन नसक्दा संघीय सरकारले विनियोजन गरेको एक करोड रुपैयां फ्रिज भएर जाने निश्चित भएको गुनासो गर्दै ग्रील जोन र संघको कार्यालय भवनका लागि जग्गा दिन अध्यक्ष गुरुङले माग गरे । 
    संघका पुर्व अध्यक्ष दिलबहादुर रानाले कच्चा पदार्थमा पर निर्भरता र मूल्यमा अस्थिरता,दक्ष कामदार अभाव, अस्पष्ट सरकारी नीति लगायतका कारण व्यवसायमा चुनौति रहेको बताए ।  

    263d3e1f-f789-4173-947e-ad09cc62d676.jpg
    undefined


    तालिका लागि बुटवल उपमहानगरपालिकाले दुई लाख रुपैयां वजेट दिने भएको छ । तालिम उद्घाटनमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा ग्रीलजोन निर्माण र संघको कार्यालय भवनका लागि जग्गा उपलब्ध गराउने आश्वासन दिएका थिए ।  
    कार्यक्रममा संघका अध्यक्ष गुरुङले नगरप्रमुख पाण्डेयलाई १८ बुदे समस्या ,१६ बुंदे अवसर र ग्रीलजोन स्थापनाको आवश्यकता सहितको प्रतिबेदन हस्तान्तरण गरेका थिए । २०६६ सालमा दर्ता भएको संस्थामा रुपन्देही भर १४ सय बढी ब्यवसायी छन् भने बुटवलमा मात्रै २८४ ब्यवसायी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij