बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ग्रीलग्राम(ग्रीलजोन) निर्माण गरि ब्यवसायीलाई शुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता ब्यक्त गरेका छन।
ग्रील स्टिल तथा आल्मुनियम ब्यवसायी संघ रुपन्देहीको आयोजनामा आयोजित ग्रील व्यवसायीहरुका चुनौती एवम् समाधान सम्बन्धि गोष्ठी तथा सुरक्षा र ब्यवसाय अभिबृद्धी तालिमको उद्घाटन समारोहमा बोल्दै उनले बुटवल ब्यवसायीलाई बचाउनको लागि प्रयासरत रहेको उल्लेख गरे।उनले ग्रीलजोन ब्यवस्थापनका लागि सालमा ८२ सालमा कतै ब्यवस्थापन हुनेमा आफू आशाबादी रहेको बताए।उनले यसो हुने सकेमा ब्यवसायीको संरक्षण हुनुका साथै एकै स्थानमा ५०० ब्यवसायीलाई ब्यवस्थापन गर्न सकिने उल्लेख गरे।
उनले सस्थाले जग्गा प्राप्तिकोलागि पटक आग्रह गरेकोमा आवश्यक प्रकृयाको लागि अध्यक्ष संग छलफल गरेको बताउदै जग्गा ब्यवस्थापन भएमा भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उनले दर्ता नभएका ग्रील ब्यवसायीलाई रोक्नको लागि कडाई गर्न चाहेको उल्लेख गर्दै अनुगमन समितिमा ब्यवसायीहरु बस्न आग्रह गरे।उनले बुटवल उपमहानगरपालिकाको सहयोगमा बिटिआईमा छोरी पढाउ अभियान चलेको बताउदै त्यसमा आफ्ना छोरिहरुलाई भर्नाको लागि निबेदन दिन आग्रह गरे।
ग्रील स्टिल तथा आल्मुनियम ब्यवसायी संघ रुपन्देही अध्यक्ष बुद्धि प्रसाद गुरुङले ग्रील ब्यवसायीहरुका समस्या, चुनौती तथा अवसरका बारेमा उल्लेख गरे। उनले ब्यवसाय जोखिम तथा शैक्षिक जनशक्तिको अभाव रहेको तथा ढुवानिग्राम बनेमा बुटवलमा नमुना सहर बन्ने अपेक्षा ब्यक्त गरे। उनले ब्यवस्थापन सीपमा दखल नहुनु, कर तथा कानुनको ज्ञान कमि हुनु, अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्या औंल्याए।
बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले इमान्दारिताले काम गरेमा सफलता प्राप्त गर्न सकिने भन्दै जनशक्ति उत्पादन गर्दै युवालाई स्वदेशमा नै रोक्नेगरी काम गर्नुपर्ने बताए।रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि क्षेत्रीले अवस्थ प्रतिस्पर्धाले ब्यवसायीहरुलाई समस्या पर्ने बताउदै सहज बाताबरण बनाएर काम गर्न आग्रह गरे। कार्यक्रममा पूर्व अध्यक्ष नारायण पाठक, सचिव बिष्णु बहादुर राना, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मदन घर्ती लगायतले बोलेका थिए।
कार्यक्रममा संघका अध्यक्ष गुरुङले नगरप्रमुख पाण्डेयलाई १८ बुदे समस्या ,१६ बुदे अवसर र ग्रीलग्राम(ग्रीलजोन) स्थापनाका ३० आवश्यकता सहितको प्रतिबेदन हस्तान्तरण गरेका थिए। सो अवसरमा मणिमुकुन्द सेन उद्यान फुलबारीका सिइयाे अन्नत शिलवालले सहजीकरण गरेका थिए।
कार्यक्रममा आँखा गुमेका सुद्धोधन गाउँपालिकाका ब्यवसायी ओम थापा मगरलाई ५० हजार रुपैया सहयोग रदान गरिएको थियो । २०६६ सालमा दर्ता भएको सस्थामा रुपन्देही भर १४०० बढी ब्यवसायी छन भने बुटवलमा मात्रै २८४ ब्यवसायी छन।




