२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेरूजु नियन्त्रणको उपाय

बेरूजु नियन्त्रणको उपाय

बेरूजु नियन्त्रणको उपाय

बेरूजु नियन्त्रणको उपाय

बेरूजु नियन्त्रणको उपाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • नेपालमा प्रत्येक वर्ष बेरूजुको अंक बढ्दै गएको छ । बेरूजु बढ्दै जाने, तर फछ्यौट नहुने प्रवृत्ति उत्तिकै छ । २०८२ बैशाखको अन्तिममा महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको ६२औं प्रतिवेदनअनुसार, आफैंले बनाएका नीतिनियम पालना नगरी सरकारले जथाभावी रूपमा बजेट खर्च गरेका कारण अहिलेसम्मको कुल बेरूजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बेरूजु गत वर्षभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ  । वर्षेनी बेरूजु बढ्नुको अर्थ हो, हामी सुशासनको मामलामा चुक्दै आएका छौँ ।


    गत आर्थिक वर्ष २०८०।०८१ सम्ममा संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिले गरेको खर्चको लेखापरीक्षण गर्दा  कुल बेरूजुमध्ये संघीय कार्यालयहरूको ३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने प्रदेश कार्यालयहरूको बेरुजु ३० अर्ब ४८ करोड पुगेको छ । स्थानीय तहहरूको बेरूजु रकम २ खर्ब ९ अर्ब र समिति र अन्य संस्थाको बेरूजु १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको हो । वार्षिक प्रतिवेदनअनुसार, गत वर्षको खर्चमा मात्र बेरुजु ९१ अर्ब ५९ करोड रुपैयाँ थपिएको छ ।


    बेरुजु भन्नाले ऐन नियममा तोकिएका विधि र सर्त पूरा नगरी गरिएको खर्च हो । त्यस्तो खर्च अनियमितताको कारणबाट आर्थिक अनुशासनको सुनिश्चिततामा गम्भीर चुनौती बनेको छ । स्वतन्त्र लेखापरीक्षणका लागि संवैधानिक सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयभित्र पर्न आउँछ । लेखापरीक्षणलाई सुव्यवस्थित र प्रभावकारी बनाउन विभिन्न नीतिनियम र सिद्धान्तहरूको व्यवस्था गरिएका हुन्छन् । लेखापरीक्षण ऐन, २०७५ नेपाल सरकारी क्षेत्र लेखापरीक्षण मापदण्ड, सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संगठनद्वारा प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्त, लेखापरीक्षण मार्गदर्शन र असल अभ्यासको आधारमा जोखिम पहिचान र मूल्यांकन गरी योजना तर्जुमा गर्ने, लेखापरीक्षणका कार्यक्रममा पर्याप्त र सान्दर्भिक प्रमाण संकलन गर्न नमूना छनोट एवं विस्तृत परीक्षण गर्ने आदिजस्ता महŒवपूर्ण विषयलाई अवलम्बन नगरेको देखिन्छ । त्यसैले बेरुजु बढ्दै गएको देखिन्छ ।


    बजेट अबण्डा राखी खर्च गरेको, सार्वजनिक खरिद कानुनको परिपालना हुन नसकेको, उपभोक्ता समितिबाट जटिल, प्राविधिक कार्य गराएको, पूर्वाधार निर्माणमा गुणस्तर कमजोर छ । सार्वजनिक सम्पत्तिको एकीकृत अभिलेख व्यवस्थित नरहेको, सार्वजनिक सम्पत्ति लिज तथा पट्टामा दिँदा प्रतिस्पर्धात्मक र पारदर्शी हुन सकेको देखिँदैन । सार्वजनिक निकायको संरचना र कार्यक्षेत्रमा दोहोरोपना रहेको देखिन्छ । गुनासो सुनुवाइमा विद्युतीय माध्यमको प्रभावकारी प्रयोग हुन नसकेको, पुरस्कार र दण्ड पद्धति प्रभावकारी हुन नसकेको, तीन तहका निकायमा कार्यक्षेत्रगत दोहोरोपना र अन्तर तह समन्वयको अभाव रहेको छ । अनुत्पादक खर्चमा नियन्त्रण नभएको तथा प्रदेश र स्थानीय तहका कानुनबमोजिमका स्पष्ट निर्देशिका, मार्गदर्शन बन्न नसकेको, प्रदेश तथा स्थानीय तहको आन्तरिक आय परिचालन प्रभावकारी हुन नसक्ने समस्या पनि छँदैछन् ।


    नेपालमा बढ्दै गएको बेरुजुको समस्या तथा चुनौतीहरूलाई हटाउन विभिन्न उपाय अपनाउनु आवश्यक छ । राजनीतिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी संस्थाहरूमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने र दण्ड पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागु गर्नु आवश्यक छ । राजनीतिक स्थिरता कायम गरी छिटो लम्बिँदै संक्रमणकालको अन्त्य गर्ने, नैतिक मूल्य र मान्यताको अवलम्बन गरी भ्रष्टाचारलाई सामाजिक रूपमा बहिष्कृत गर्नुपर्ने, दण्डहीनताको अन्त्य गरी प्रभावकारी अनुगमन र मूल्यांकनमा जोड दिनुपर्छ । अन्तर्राष्ट्रिय समन्वय गर्नु जरुरी छ । प्रचलित ऐन कानुनलाई प्रभावकारी रूपमा लागू गर्ने, प्रचलित ऐन कानुनलाई प्रभावकारी बनाउन आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij