२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिँदै तिनाउका महिलाहरू

पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिँदै तिनाउका महिलाहरू

पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिँदै तिनाउका महिलाहरू

पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिँदै तिनाउका महिलाहरू

पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिँदै तिनाउका महिलाहरू
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका भित्रका ६ वटै वडामा पर्यटन प्रवद्र्धन र होमस्टे सञ्चालनमार्फत महिलाहरूलाई आयआर्जनमा सक्रिय बनाउन दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाल्पा विकास केन्द्रको आयोजनामा, तिनाउ गाउँपालिकाको समन्वयमा र लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय तानसेनको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

    गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै तिनाउलाई पर्यटन तथा कृषिको माध्यमबाट समृद्ध बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, "बजेट निर्माणको समय छ, होमस्टे सञ्चालन गर्न इच्छुक दिदीबहिनीहरूले योजनासहित पालिकामा आउनुहोस्, आगामी वर्षदेखि नै काम सुरु हुन्छ।"

    उपाध्यक्ष लालबहादुर थापाले थोरै मिहिनेत गरेमा घरमै बसेर महिनामा चालिस–पचास हजारसम्म कमाउन सकिने बताए। "पालिका आवश्यक पूर्वाधार, तालिम, कला र संस्कृतिमा सहयोग गर्न तयार छ," उनले स्पष्ट पारे।

    तिनाउका पूर्व अध्यक्ष ओमबहादुर घर्तीमगरले आफ्नो कार्यकालमा मस्यामको जन्तिलुङमा सुरु गरिएको होमस्टे अहिले व्यवस्थित बन्दै गएको, पर्यटकको संख्यामा वृद्धि भएको र रोजगारीका अवसर सिर्जना भएको बताए। वडा नं. २ का अध्यक्ष यादव अर्यालले सबै वडामा पर्यटकीय पूर्वाधार विकास भइरहेको, बाटाघाटा सुधारिँदै गएका र अधिकांश घरमा धारा पुगेकोले बुटवलबाट डेढ घण्टाभित्र पुगिने भएकाले होमस्टे व्यवसाय लाभदायक हुने धारणा व्यक्त गरे।

    अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय होमस्टे महासंघका उपाध्यक्ष धनिश्वर बस्याल, रेडक्रस पाल्पा प्रमुख विनोद भारती, सामाजिक अभियन्ता राजेश श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए। प्रशिक्षणमा पाहुनालाई स्वागत गर्ने तरिका, सरसफाइ, स्थानीय परिकारको तयारी, आतिथ्य, सौन्दर्यकरण, भेषभूषा, संस्कृतिको प्रस्तुति, उत्पादनको होमस्टे मार्फत वितरण लगायतका विषयमा जानकारी दिइएको थियो।

    पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले गाउँगाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रममा ८० जना महिलाको सक्रिय सहभागिता रहेको थियो।

    गाउँपालिकाका प्रवक्ता यादव अर्यालको अध्यक्षता, पाल्पा विकास केन्द्रका निवर्तमान अध्यक्ष कृष्ण पोखरेलको स्वागत र कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    हाल वडा नं ६ मस्याम, वडा नं ५ मरामकोट र वडा नं ४ सत्यवतीमा होमस्टे सञ्चालन भइसकेको छ भने वडा नं १ कचल, वडा नं २ दोभान, र वडा नं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ। महिलाहरू यस अभियानमा उत्साहपूर्वक जुटिरहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij