२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आकारुई एजुकेशनलाई

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • बुटवल । एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिताको उपाधि आकारुई एजुकेशनले हात पारेको छ । राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा एपोलो एजुकेशन कन्सलटेन्सीलाई १४ रानले पराजित गर्दै आकारुईले  उपाधि हात परेको हो । 

    आकारुईले दिएको ४७ रनको तार्गेट खेलको पाँचौ ओभरमा सबै बिकेट गुमाएर ३२ रनमात्रै बनाएको थियो । उपाधी संगै आकारुईले नगद २५ हजार तथा कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने  एपोलो एजुकेशनले नगद १५ हजारमा चित्त बुझाएको छ । 

    लुम्बिनी क्रिकेट एरिनामा भएको प्रतियोगितामा ईण्डोर खेल ६ ओभर र ६ खेलाडिका बिचमा भएको थियो । परामर्शदाताहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता गरिएको संघका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

    परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउने उदेश्यसहित आयोजना भएको प्रतियोगितामा ३६ टिमहरुबिच सहभागी रहेको खेल संयोजक दुर्गा पन्थीले जानकारी दिए । 

    समापन समारोहमा पूर्व राष्ट्रिय टोलीका खेलाडी शक्ति गौचन, अध्यक्ष पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत पहिलो दिन शुक्रबार १८ खेलहरु भएका थिए भने शनिबार क्वाटरफाईनल, सेमिफाईनल र फाईनलग गर १५ खेलहरु भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij