२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पटक पटक सचेत गराउँदा पनि काम नगरी सुविधा लिने डा. गौतम विवादित

पटक पटक सचेत गराउँदा पनि काम नगरी सुविधा लिने डा. गौतम विवादित

पटक पटक सचेत गराउँदा पनि काम नगरी सुविधा लिने डा. गौतम विवादित

पटक पटक सचेत गराउँदा पनि काम नगरी सुविधा लिने डा. गौतम विवादित

पटक पटक सचेत गराउँदा पनि काम नगरी सुविधा लिने डा.  गौतम विवादित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. विष्णु गौतम काम नगरीकनै सेवा सुविधा लिइरहेको पाइएको छ । अस्पताल प्रशासनले दिएको जिम्मेवारी अनुसारको काम नगरी उनले घरमै बसेर सेवा सुविधा लिइरहेको पाइएको हो ।

    अस्पतालका कतिपय चिकित्सक तथा कर्मचारीहरु डा. गौतमले अस्पतालमा अस्थिरता निम्त्याइरहेको बताउँछन् । अस्पतालमा मेसु नियुक्तीका लागि बिगतमा सर्वोच्च गएका उनी सर्वोच्चले रिट खारेज गरेर डा. इन्द्र ढकाललाई नै मेसुमा कायम गरिदिएपछि उनले असन्तुष्टि पोखिरहेका छन् । आफू ११ औं तहको हुँदाहुँदै दशौं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै उनले असन्तुष्टि र प्रतिशोधस्वरुप अस्पतालमा काम नै नगरी सेवा सुविधा लिइरहेका हुन् ।


    २०७९ चैत २० मा डा. गौतम पाल्पाबाट कामकाजका निम्ति खटाएर लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । त्यतिबेला १० औं तहकै डा. सुदर्शन थापा मेडिकल सुपरिटेन्डेन्ट थिए । डा. थापालाई स्वीकारेर बसेका उनी सोही तहका ढकाललाई भने अस्वीकार गर्दै कामकाज नै नगरी सुविधा लिएर बसेका हुन् । “तत्कालीन मेसु डा. सुदर्शन थापालाई स्वीकारेको सत्य हो, तर त्यतिबेलाका प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीको आग्रह अनुसार मैले मेसुको दावी नगरी केही समय पर्खिएको थिएँ, तर अहिले मेरो स्वाभाविक दावी हुँदाहुँदै अन्यायपूर्ण निर्णय भएकाले काम गर्न नगएको हुँ”–उनले भने ।

    उनले आफू व्यवस्थापनबाटै ११ औं तहमा गएकाले अस्पतालको नेतृत्व दावी गर्नु स्वभाविक रहेको बताए । डा. गौतम जनस्वास्थ्य हेल्थ सर्भिसेज (जहेस) अन्तर्गत संघका कर्मचारी हुन् । उनी तीन वर्षअघि पाल्पाबाट बुटवल आउँदा सोही दिनको निर्णयमै दशौं तहका डा. सुदर्शन थापालाई मेसु स्वीकारेको तर समान तहकै डा. ढकाललाई नस्वीकार्दा गौतमले अस्पतालमा राजनीति गरेको देखिएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए । उनले भने–“यो अस्थिरता निम्त्याउने खेल हो, अस्पतालले दिएको जिम्मेवारी पूरा गर्नुको साटो शक्ति र पहुँचका आडमा अस्थिरता निम्त्याउनु ठिक होइन ।”

    २०८१ असोज २४ गते डा. गौतमलाई उनको समूह अनुसार जहेस प्रमुख अर्थात लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । तर उनी अहिलेसम्म पनि उक्त शाखामा हाजिर नभएको इमर्जेन्सी विभागका इन्चार्ज रामप्रसाद अर्याल बताउँछन् ।

    यस सम्बन्धमा अस्पतालले २०८१ कात्तिक १२ मा पत्र काट्दै सम्बन्धित फाँटमा जान सचेत गराएको थियो । सचेत गराउँदा पनि उनी आफ्नो फाँटमा नगएपछि अस्पताल प्रशासनले दोस्रो पल्ट मंसिर २३ मा चेतावनीमूलक पत्र काट्दै पुनः सम्बन्धित फाँटमा हाजिर हुन भनेको थियो । साथै अस्पतालले यसको जानकारी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि गराएको थियो ।

    डा. गौतम नेपाल सरकार अन्तर्गत जहेस हुन् भने उनले निजी क्लिनिकमा भने स्त्रीरोग विशेषज्ञ सम्बन्धी काम गर्दै आएका छन् । यसबारे प्रतिक्रिया दिंदै उनले आफ्नो विशेषज्ञता सोही विषयमा भएकाले स्त्रीरोग विशेषज्ञको रुपमा काम गर्नु स्वाभाविक रहेको बताए ।

    तर २०७७ मा उनको स्त्रीरोग विशेषज्ञता सम्बन्धी डिग्री प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । अख्तियारले त्यसको अनुसन्धान गर्ने जिम्मा लुम्बिनी प्रदेश सरकारलाई दिएको थियो । यस विषयमा डा. गौतमले उजुरी परेको साँचो भएपनि सो उजुरीमा लगाइएको आरोपमा सत्यता नभएको दावी गरे ।

    डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा काम नगरेपछि गएको पुसमा कपिलवस्तु अस्पतालमा सरुवाका निम्ति फाइल समेत उठेको थियो । तर शक्ति केन्द्रको आडमा गौतमले उक्त फाइल रोक्न सफल भएको अस्पताल स्रोतले बतायो ।

    यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले भने अस्पतालले दिएको जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्दा आकस्मिक विभाग प्रमुख बिहीन भएको बताए । “अस्पतालले पटकपटक आफ्नो कामको जिम्मेवारी निभाउन निर्देशन दिएको छ, तर उहाँ सम्बन्धित फाँटमा जानुभएको छैन”–डा. ढकालले भने । उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन र अस्पताललाई देशकै नमूना बनाउने कुरामा सबै चिकित्सक र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।

    डा. ढकाल २०८१ जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसु नियुक्त भएका थिए । सरकारको नियुक्तिविरुद्धमा अस्पतालमै कार्यरत डा विष्णु गौतम सर्वोच्च अदालत पुगेपछि गत वर्षको असार १७ गते सर्वोच्च अदालतले तत्काल मेसुको काम नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    सर्वोच्च अदालतको भदौ ३१ को फैसलाले डा गौतमले दायर गरेको रिट खारेज गरिदिएपछि डा ढकाल पुनः मेडिकल सुपरिटेण्डेन्टमा कायम भएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij