२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

असार ५ देखी बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै

असार ५ देखी बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै

असार ५ देखी बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै

असार ५ देखी बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै

असार ५ देखी बुटवलमा  दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • बुटवल। नेपाल हाप्किडो संघको आयोजनामा लुम्बिनी प्रदेशको ऐतिहासिक शहर बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२” आयोजना हुने भएको छ ।


     प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ ।सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाईएको छ ।

    आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ ।  नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो । 

    प्रतियोगितामा फाइटिङ, सेल्फ-डिफेन्स तथा हाई फल / लङ फल जस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालि बहादुर मगरले वताए।

    खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

    नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको वताएको छ ।

    प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा गरिने कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij