२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्ने र दुम्किबासमा बाटो अवरुद्ध, नवलपुर आसपासका क्षेत्रमा भारी बर्षा

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • नवलपुर । आज विहान परेको भारी बर्षाका कारण पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दुम्किबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्किबासमा आज विहानैदेखि सडक अवरुद्ध भएको छ । 
    नवलपुरका आसपासको क्षेत्रमा आज विहान ४ बजेतिर भारी बर्षा भएको थियो । 

    दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन पुरिएको छ भने दाउन्नेको पूर्वी खण्डमा बाटो चिप्लो र हिलो भएर सवारी साधन उक्लन सकेको छैन जसले गर्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    प्रहरीले बाटो खुलाउने प्रयास भईरहेको जनाए पनि आज दिन भर बाटो खुल्ने सम्भावना कम रहेको छ । 
    यता जल तथा मौसम विज्ञान विभागले विहान सूचना जारी गरी नवलपुरको डण्डा, कावासोती आसपासको क्षेत्रमा भारी बर्षा भएको र अझै बर्षा हुने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

    त्यसैगरी बर्षाका कारण नवलपुरको कावासोतीको ठाउँठाउँमा विद्युत पोल ढल्न जाँदा आज विहानैदेखि कावासोती आसपासका क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले सूचना जारी गरी जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij