२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अस्तित्वको लडाई लडदै ऐतिहासिक नन्दन ताल

अस्तित्वको लडाई लडदै ऐतिहासिक नन्दन ताल

अस्तित्वको लडाई लडदै ऐतिहासिक नन्दन ताल

अस्तित्वको लडाई लडदै ऐतिहासिक नन्दन ताल

अस्तित्वको लडाई लडदै ऐतिहासिक नन्दन ताल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • गोपीराम ज्ञवाली
    नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल मानविय अतिक्रमणका कारण  अस्तित्व नै सकिने अवस्थामा पुगेको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको वार्ड नम्बर ६ मा रहेको १ सय ६२ विगाहा क्षेत्रफलमा फैलिएको नन्दन ताल अहिले स्थानीयहरुकोअतिक्रमणका कारण अहिले लोप हुने अवस्थामा पुगेको छ । 
    आज भन्दा २६ वर्ष पहिला १ सय ६२ विगाहा क्षेत्रफलमा फैलिएको पाल्हीनन्दन गाउँपालिकाको ऐतिहासिक नन्नदन ताल अहिले स्थानीयहरुको अतिक्रमणका कारण साँगुरिदै एउटा नालाको रूपमा परिणत हुन पुगेको छ । 


    नापी कार्यालय नवलपरासीका प्रमुख कैलाश नाथ पाण्डेले बताए अनुसार २०२४ सालमा भएको नापीका क्रममा नन्दन तालको क्षेत्रफललाई ३ कित्तामा छुटटाएको छ । २ क १ नम्बर कित्तामा ३४ विगाहा ११ कठठा, ३ क कित्ता नम्बर ६८ मा ८२ विगाहा ५ कठठा १० धुर, ८ ख कित्ता नम्बर १२७ मा २४ विगाहा १९ कठठा १० धुर गरी जम्मा १४१ विगाहा १६ कठठा जमिनको नक्सा रहेको छ भने अन्य प्रति जग्ग्गाको रुपमा रहेको समेत गरी १६० विगाहा भन्दा बढिरहेको ऐतिहासिक नन्दन ताल अहिले पूर्ण रुपमा अतिक्रमित भई अहिले धान, गहँुको खेतको रुपमा परिणत हुन पुगेको छ । 


    २०४९ देखि २०५७ साल सम्म साविक सनई गाविसका निर्वाचित अध्यक्ष रहनु भएका राजेन्द्र कुमार शाहनीका अनुसार कुनै समयमा हजारौं प्रकारका चराचुरुङगी, जलचर, बनस्पतिका कारण हरियाली र मनोरम रहेको ऐतिहासिक नन्दन ताल क्षेत्र अहिले स्थानीयको अतिक्रमणका कारण सागुरो पोखरीमा परिणत भएको छ । 


    सनईका स्थानीयवासी समेत रहेका शाहनीका अनुसार २०५४ सालको साउनमा आएको भिषण वर्षा र बाढिले यो क्षेत्र जलमग्न भएको थियो । त्यही समयमा आएको माटो, बालुवा, र उद्योगको खरानी लगाएतले तालको अधिकांश भाग पुरिदिए पछि मानिसहरुले ताल क्षेत्रमा क्रमशः खेती गर्न थालेका हुन । एकातर्फ बाढिले तालको गहिराई पुरिदियो भने अर्को तर्फ बाढीको पानी निकासी गर्ने भन्दै ताल नजिकै रहेको सोनियाँ नाला र तरिया (माओ) खोलामा पानीको निकासीका लागि बनाईएको कटानका कारण तालमा पानी क्रमशः घटदै गयो भने क्रमशः स्थानीयवासीहरुले खेती गर्दै जाँदा अहिले ऐतिहासिक नन्दन ताल खेतमा परिणत भएको छ  । 


    तालमा पानीको मात्रा घटदै गए पछि कतिपय स्थानमा पुरानो समय (नापी पुर्व) यो क्षेत्र मेरो थियो भन्दै कतिपय मानिसहरुले ताल अतिक्रमण गर्दै गए भने कतिपयले जमिन जता पायो उतै खेती गर्दै गएका कारण ऐतिहासिक नन्दन तालले अहिले आफनो पहिचान गुमाउँदै गएको छ । 


    तालको क्षेत्र अतिक्रमण गर्नेहरुमा राजनैतिक पहुच भएका मानिसहरु, पुर्व जमिनदार परिवारहरु, नोकरीतन्त्रमा पहुच भएका मानिसहरु रहेका छन भने जसले सक्यो उसैले ताल क्षेत्र अतिक्रमण गरेको देखे पछि स्थानिय भन्दा केही बाहिरका मानिसहरु समेतको सो ताल क्षेत्र अतिक्रमण गर्न पुगेका छन ।  कतिपय मानिसहरुले २०२४ सालमा भएको नापीको निर्णय नै मन्त्रीपरिषदबाट बदर गराई २०२४ साल पुर्वको जमिनदारको खेतको रुपमा परिणत गराउन दौडधुप समेत गरेको पाईएको छ । 
    ऐतिहासिक नन्दन तालको पुनः संरक्षण एवं विकासका लागि भन्दै गत पुसमा पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा जिल्लाको सदरमुकाम परासीमा राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि एवं सरोकारवाला पक्ष विचमा एक अन्तक्रिया आयोजना गरिएको भए पनि तालको संरक्षणमा काम शुरु हुन सकेको छैन ।


    ऐतिहासिक नन्दन ताल क्षेत्रमा अतिक्रमण गर्नेहरुमा ३४ विगाहा क्षेत्रमा ६५ जना, ८२ विगाहामा ७५०, २४ विगाहामा ४५ जना गरी जम्मा ८६० जना रहेका छन् भने तालको नक्सा भन्दा बाहिर रहेको जग्गामा अन्य गरी ठुलो संख्यामा मानिसहरुले ऐतिहासिक नन्दन ताल अतिक्रमण गरेको साविक सनई गाविसका अध्यक्ष राजेन्द्र कुमार साहनीले बताउनु भएको छ । 


    साविक सनहीका पूर्व गाविस अध्यक्ष साहनीका अनुसार नन्दन ताल आफ्नो पूर्ण अस्तित्वमा रहदा विशाल क्षेत्र ओगटेको थियो । जसले यस क्षेत्रको पर्यावरणिय सन्तुलन महत्वपूर्ण भूमिका खेलेको थियो । यो तालमा विभिन्न प्रजातिका चराचुरुङगीहरु, माछाहरु विभिन्न प्रजातिहरु, बनस्पतीहरु सहित दर्जनौ प्रकारका जलचरहरुको वास्स्थान रहेको थियो । तालको क्षेत्र ठुलो भएको कारण तालको बाहिरी भागमा शिमल, जामुन, सिसौ जस्ता ठुला रुखहरु समेत रहेका थिए भने तालको अस्तित्वसंगै अहिले सबै लोप भएका छन् । 


    ताल अस्तित्वमा रहदा यस क्षेत्रमा क्रायाङक्रुङ, शारस, पन्डुक्की, लम्पुच्छे, पानी हाँस लगाएतका अनेक प्रकारका चराहरुको उपस्थिती रहन्थ्यो भने मौसम अनुसार प्रवासी चराहरुको समेच आगमन हुने गर्दथ्यो । धेरै प्रकारका चराहरु उपस्थिती रहेको अवस्थामा अनेक मानिसहरु यो क्षेत्रमा चराको शिकार समेत गर्न आउने भएका कारण ताल क्षेत्र एक प्रकारले सबैको आकर्षणको केन्द्र थियो । 


    तालको अतिक्रमणका कारण यस क्षेत्रमा पाईने कर्मूवा, भगनाहा, कोचायक लगाएतका सागका प्रजाति, कछुवा, घोघी, विभिन्न प्रजातिका माछा गरी विभिन्न प्रकारका जलचरहरुको अस्तित्व नै समाप्त भएको पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ६ का अध्यक्ष कृष्ण चन्द यादवले बताउनु भयो । 


    अहिले नन्दन ताल जस्तै पश्चिम नवलपरासीका स्थानिय तहरुहरुमा कुनै बेलामा अस्तित्वमा रहेका तालतलैया, पोखरी एवं विभिन्न स्थानका सिमसारहरुलाई अतिक्रमण, वा सत्ताको आडमा पुर्ने र भौतिक संरचना बनाउने क्रम बढदै गएको छ । 
    लोपोन्मुख अवस्थामा पुगेको नन्दन तालको दक्षिणी भागमा प्राचिन नन्दननगरको र उक्त क्षेत्रमा विभिन्न समयमा ईनार एवं अन्य गहिरा खाडलहरु खन्दा प्राचिन कालिन ईटा, खपडा लगाएतका बस्तुहरु फेला पर्ने गरेको पाल्हीनन्दन वार्ड नम्बर ४ का स्थानीयवासी रामकरण हरिजनले बताउनु भएको छ । नन्दन ताल र यसको सेरोफेरोमा उत्खनन अध्ययन हुन सकेको अवस्थामा यस क्षेत्रमा पर्यावरणीय सन्तुलन, प्राचिन संस्कार, संस्कृतिको अध्ययन अनुसन्धानका लागि पर्यटकहरुको आगमनको व्यापक सम्भावना रहेको छ ।


    नन्दन तालको संरक्षण र प्रवर्धन हुन सकेको खण्डमा रामग्राम स्तुपमा आउने बौद्ध धार्मावलम्बि, पर्यटकहरुलाई यो क्षेत्र ध्यान र योग सहित पर्यावरण अध्ययनको समेत गन्तब्य बन्न सक्ने सम्भावना  रहेको छ ।


    नन्दन तालको संरक्षण र प्रवर्धनमा राम्रो व्यवस्था गर्न सकेको खण्डमा नन्दन ताल, रामग्राम स्तुप, पंडितपुर लगाएतका क्षेत्रमा भारतीय पर्यटकहरुको आगमनको व्यापक सम्भावन रहेको छ । नन्दन तालदेखि जम्मा ७ किलो मिटरको दुरीमा भारतीय सिमाना क्षेत्र रहेको छ । यहाँ गर्मीका दिनमा भारतीय पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने सम्भावना व्यापक रहेको छ । 


    यस क्षेत्रमा पशुपालन, कृषि, लगाएका क्षेत्रमा समेत समस्या परेको छ भने पानीको अभावका कारण अन्य खेतीबालीमा समेत नकारात्मक प्रभाव परेको छ । तालको अतिक्रमित भुमि कसरी पुरानै अवस्थामा ल्याउने भन्ने विषयमा पाल्हीनन्दन गाउँपालिका कार्यालयको आयोजनामा एक अन्तक्रियामा मात्र सिमित बनेको छ । नन्दन तालको संरक्षणको विषयमा पालिकाको आयोजनामा गत पुसको दोस्रो हप्ता जिल्लाको सदरमुकाम परासीमा एउटा सर्वपक्षिय अन्तक्रिया सम्पन्न भएको भए पनि ठोस रुपमा ऐतिहासिक ताल संरक्षणमा काम हुन सकेको छैन । 


    प्राचिन कालको यस स्थानको पाली भाषा, सनईमा रहेको पाल्हीभगवती मन्दिर र यही नन्दन तालको नामलाई संयुक्त रुपमा मिलाएर यस पालिकाको नाम पाल्हीनन्दन गाउँपालिका राखिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij