परासी ।पश्चिम नवलपरासीको बर्दघाटमा कपडा बैंक स्थापना गरिएको छ। पुनः प्रयोग गर्न मिल्ने गरी बर्दघाट नगरपालिकामा कपडा बैंकको स्थापना गरिएको हो ।
बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त आयोजनामा तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा कपडा बैंकको स्थापना गरिएको बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब सङ्कलन गर्ने र ब्यक्तिलाई निःशुल्क रुपमा कपडा दिने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिए ।
कपडा बैककाे उद्वघाटन गदै नगरप्रमुख श्रेष्ठले भने अभियानमा सबैले साथ दिन आग्रह गर्दै आगामी दिनमा फुड बैंक समेत बिस्तार गर्दै लगिने उनकाे भनाई थियाे ।
कपडा बैंकमा कपडा संकलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरीने बर्दघट जेसिसका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए ।
यसअघि पश्चिम नवलपरासीमाे पाल्हिनन्दन र सुस्ता गाउँ पालिकामा कपडा बैंक स्थापना भैसकेकाे छ । यो कपडा बैंक क्लोथ एन्ड फुड बैंकको १ सय ६५ औं शाखा रूपमा स्थापना गरेकाे जनाएकाे छ ।




