२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यालय शिक्षामा गणितको चुनौती र अवसर

विद्यालय शिक्षामा गणितको चुनौती र अवसर

विद्यालय शिक्षामा गणितको चुनौती र अवसर

विद्यालय शिक्षामा गणितको चुनौती र अवसर

विद्यालय शिक्षामा गणितको चुनौती र अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • रामजी पौड्याल 
    विद्यार्थीहरुलाई गणितका आधारभूत सिद्धान्तहरू र समस्याहरूको समाधान गर्ने क्षमता प्रदान गर्नु गणित शिक्षाको मुख्य उद्देश्य हो  । विद्यार्थीहरुको तार्किक सोंच, विश्लेषणात्मक क्षमता, र सृजनात्मक सोचको विकास गर्न नेपालमा गणित   विद्यालय तहदेखि उच्च शिक्षासम्मका पाठ्यक्रमहरूमा समावेश छ । गणितले   सैद्धान्तिक र व्यावहारिक पक्षहरूलाई संयोजन गरेको हुन्छ ।  गणितका सिद्धान्तहरूको राम्रो बुझाइले विद्यार्थीहरुलाई गणित व्यवहारिक जीवनमा प्रयोग गर्न सक्षम बनाउँछ । गणितले विद्यार्थीहरुको समस्या समाधान  सीप विकास गराई रचनात्मक र तार्किक सोंचको प्रयोगबाट  मानसिक क्षमता वृद्धि गराउँदै राष्टका लागि सक्षम जनशक्ति उत्पादन गरी देश निर्माणमा  सहयोग गरेको हुन्छ ।


     विद्यालयहरूमा गणित शिक्षकहरूलाई तालिमको अवसर सीमित छ । गणित सिकाइका लागि आवश्यक पुस्तक, उपकरण र प्राविधिक संसाधनको कमी छ ।  गणितको प्रयोगात्मक कार्यका लागि पर्याप्त स्रोत, साधन र सामग्रीहरु छैनन् ।  गणितको शिक्षण तरिका परम्परागत कण्ठ गर्ने र पुस्तकमा आधारित विधिहरूमा निर्भर छन् । विद्यार्थीहरूको गहिरो बुझाई र सृजनात्मक सोंचलाई बढाउन  असहजता छ । गुणस्तरीय शिक्षक, शैक्षिक सामग्री र अन्य स्रोतहरूको उपलब्धताको कमीले  गणितलाई कठिन र डर लाग्दो विषयको रुपमा चित्रित  गरेको छ ।  विद्यार्थीहरुमा  मनोबल घट्न जाँदा गणितप्रतिको रुचि र आत्मविश्वासको कमी छ ।

     विभिन्न भाषिक र सांस्कृतिक विविधताले गणित शिक्षण प्रक्रियामा चुनौतीहरू थपिएको  छ । विद्यार्थीहरूले पढ्ने र बुझ्ने भाषाको विविधताले  गणित शिक्षणमा बुझाइमा कठिनाइ छ । विद्यार्थीलाई वास्तविक जीवनमा गणित प्रयोग गर्ने अवसरको खाँचो देखिन्छ । विद्यार्थी र अभिभावकहरुको बुझाइमा गणित एक कठिन र डर लाग्दो विषय, केवल अंक, सूत्रको  गणना गर्ने भन्ने  नै छ ।  कक्षाकोठामा  शिक्षक विद्यार्थी अनुपात  बढी हुँदा शिक्षणमा  विद्यार्थीहरुलाई व्यक्तिगत रूपमा ध्यान दिन गाह्रो हुनु, आवधिक रुपमा सञ्चालन हुने परीक्षाको नतिजाबाट मात्र हुने विषयगत मूल्याकंन पनि मुख्य चुनौती हो ।


    स्थानीय तह, सरकारी र गैर सरकारी संस्थाहरूको सहयोग र सहकार्यबाट शिक्षकहरूको क्षमता  विकास गर्न  तालिम, गोष्ठी र कार्यशालाहरू सञ्चालन  गर्ने, गणित शिक्षकहरुलाई नवीनतम शिक्षण विधिहरू र प्रविधिहरूको बारेमा अध्यावधिक गराउने, विद्यालयहरूमा गणितका लागि पर्याप्त पुस्तक, सन्दर्भ सामग्री र शैक्षिक सामग्रीको व्यवस्था गरी  डिजिटल उपकरणहरूको प्रयोगलाई बढाएर गणित सिकाइ प्रक्रियालाई रचनात्मक र अभ्यस्त गराउँदै  खेल र प्रायोगिक प्रकृयाबाट  शिक्षण सिकाइ प्रक्रियामा  सुधार गर्न सकिन्छ । 


    गणितले तार्किक सोंच, समस्या समाधान गर्ने क्षमता, र सृजनात्मक सोंचको विकास गराई गणित व्यावहारिक छ भन्ने  बुझाउन   आवश्यक छ । शिक्षक अभिभावक र सरोकारवाला सबैले बालबालिकाहरुलाई  गणितको महत्व बुझाउन र अभ्यास गर्न प्रोत्साहित गर्न जरुरी छ । गणितलाई व्यवसाय, विज्ञान, इञ्जिनियरिङ र विभिन्न अन्य क्षेत्रमा प्रयोग गर्न सकिन्छ । वित्तीय योजना, गृह निर्माण  अन्य दैनिक क्रियाकलापहरूले गणितलाई  व्यावहारिक बनाउँछ ।   गणित शिक्षणमा  कम्प्युटर, स्मार्ट बोर्ड, र अन्य डिजिटल उपकरणहरूको प्रयोग बढ्दै गएको छ । विद्यार्थीलाई गणितका जटिल अवधारणाहरूलाई सजिलै बुझ्न र तिनीहरूको समाधान गरी आधारभूत गणितीय धारणाको विकासमा  सहयोग पुगेको छ । गणितले विज्ञानलगायत अन्य विषय क्षेत्रका समस्याहरूको विश्लेषण र समाधानमा मद्दत गर्दछ । विद्यार्थीलाई गणितको अवधारणाहरू बुझ्नमा मद्दत पु¥याउन उनीहरूको उत्साह बढाउन  शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।


    नयाँ पाठ्यक्रम, शिक्षण विधिहरू, र मूल्याङ्कन विधिहरूले गणित शिक्षाको स्तरलाई सुधार गर्न सक्नुपर्छ । गणितले सोच्ने क्षमतालाई बढाएर  दैनिक जीवनका  समस्याहरूको समाधान गर्न मद्दत पु¥याउँछ ।  प्राथमिक तहदेखि उच्च  शिक्षासम्म  गणित  सिकाइ  गराई  विद्यार्थीहरूलाई अनुसन्धानमुखी र प्राविधिक बनाउन जरुरी छ । ग्रामीण क्षेत्रहरूमा  शिक्षामा पहुँच र स्रोतको अभाव पूरा गराउन सक्नुपर्छ ।  गणित सिकाइ वृद्धि र सुधारको लागि विभिन्न शैक्षिक योजनाहरू र कार्यक्रमहरू सञ्चालन गरी  भविष्यमा गणित शिक्षामा थप अवसरहरूको सृजना गर्नुपर्छ । 
      शिक्षक फर्साटिकर मा.वि.  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij