बुटवल । वेष्ट्रन मेघा कलेज बुटवलमा १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम चलिरहेको छ ।
नयाँ शैक्षिक सत्रको शुुरुवातसंगै १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिबल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाइएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए ।
असार १ गतेबाट निःशुल्क तालिम सञ्चालन भइरहेको र १ सय ३३ जना सहभागी रहेको जानकारी दिए । कुक, बेकरी, बारिष्टा तथाफुड एण्ड वेभरेजका छुट्टाछुट्ै बिधामा तालिम भईरहेको उनले जानकारी दिए । सेफ दिपक राउतबाट सहजिकरण भइरहेको बताए ।
कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको बताउँदैकलेजका अध्यक्ष मेघराज पन्थले सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन लागेको उनले बताए ।
उनले नयाँ भर्नासँगै केही थप सुविधाहरू विद्यार्थीहरूलाई दिइने उनले बताए । जसमा विभिन्न देशको भ्रमण, तेस्रो सेमिष्टारमा व्यक्तित्व विकासको कक्षा, पाचौ सेमिस्टारमा जापनिज भाषा र छैटौँ सेमिस्टारमा चाइनिज भाषा थप गरिएको उनले बताए ।
कलेजका अध्यक्ष पन्थले सुरुवातमा बुटवल पश्चिममा नमुना रिर्सोट सञ्चालन गरेको उनले बताए । पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बि सं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताए । स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पास आउट भएको उनले बताए ।
हाल बिएचएम र एमबिए मा गरी कलेजमा ४ सय विद्यार्थीहरू अध्ययनरत छन् । यसै गरी कलेजमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम समेत राखिएको छ ।
कार्यक्रमको संयोजन सेफ विकास थापाले गरेका थिए । यसैबिच मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । जसमा ६१ युनिट संकलन भएको कार्यक्रम संयोजकद्वय कल्पना न्यौपाने र उषा खरेलले जानकारी गराए ।




