२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा ५ सय बढिलाइ अटिजम सचेतना

बुटवलमा ५ सय बढिलाइ अटिजम सचेतना

बुटवलमा ५ सय बढिलाइ अटिजम सचेतना

बुटवलमा ५ सय बढिलाइ अटिजम सचेतना

बुटवलमा ५ सय बढिलाइ अटिजम सचेतना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • बुटवल । बुटवलमा जेठ २७ गतेदेखी सञ्चालन भएको अटिजम सचेतना सम्पन्न भएको छ । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिन सम्म भएको सचेतना एक कार्यक्रमका बिचमा समापन गरिएको हो ।

    अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना प्रदान गरिएको अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा शतिस रुपाखेतीले जानकारी दिए। तालिममा अहिले सम्म ५ सय बढिलाई आटिजम परिक्षण प्रदान गरिएको छ ।

    समापनको दिनमा बुटवलको १७ , १८ र १९ का जनप्रतिनिधि, टोल बिकास सस्था, स्वास्थ्य स्वयंसेवीका एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो । बुटवल १९ अध्यक्ष चन्द्र सिह थापाले समाजका अगुवाले नै समस्याहरुको बारेमा थाह नपाउदा अटिजम पिडितहरुको सहज बाताबरण बन्न दिनको लागि समस्या देखिएको हुदा यस्ता तालिमले निकै फाईदा पुगेको बताए । 

    अपाङ्गता राष्ट्रिय निर्देशक समितीका सदस्य साबित्रा घिमिरेले अटिजमलाई न्युनिकरण र रोकथाम गर्नुपर्ने आवश्यकता औल्याउँदै यो के हो भन्ने थाह नहुदा मानसिक रोगिको रुपमा पहिचान हुदा पिडितलाई झन पीडा पुगेको बताईन् ।

    सोसाईटिका विशेष शिक्षिका मल्लिका घिमिरेले ९ दिनमा १९ वडाका ५ सय बढिलाई अटिजमको आधारभुत जानकारी प्रदान गरिएको बताईन् ।

    प्रशिक्षणमा अटिजम के हो,  अटिजम भएका बच्चाहरूले सामना गर्ने कठिनाइ र चुनौतीहरू केके हुन्, अटिजमका संकेत र लक्षणहरू कस्ता हुन्छन्,  अटिजमका कारण र जोखिमका कारकहरू के कस्ता हुन सक्छन्, अटिजमको प्रचलन, उपचार र निदान तथा व्यवस्थापनका रणनीतिहरू, अटिजमको शक्ती र यसबाट परिवारहरूमा पर्ने प्रभाव लगायतका बारेमा सचेतना प्रदान हुँदै आएको विशेष शिक्षिका मल्लिका घिमिरेले जानकारी दिईन् ।

    प्रशिक्षकहरु सोसाईटिका विशेष शिक्षिका मलिका घिमिरे  र प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्यालले सचेतनामा सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij