२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोषी कर्मचारीलाई कारबाही गर

दोषी कर्मचारीलाई कारबाही गर

दोषी कर्मचारीलाई कारबाही गर

दोषी कर्मचारीलाई कारबाही गर

दोषी कर्मचारीलाई कारबाही गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई दिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) मा घुस लिएको समाचार सार्वजनिक हुनु लज्जास्पद छ । मुलुकको कर्मचारी संयन्त्रले हरेक ठाउँमा घुस विना काम गर्नै नसक्ने अवस्थामा पुग्नुले शासन प्रक्रियामा त्रुटि कि इमान्दारिताको अभाव भन्ने प्रश्न उब्जिएको छ । अध्यागमन, भन्सार, राजस्व, नापी, मालपोतलगायतका कार्यालयमा अतिरिक्त शुल्क विना कामै नहुने प्रवृत्ति मौलाएको बेला शिक्षा मन्त्रालयअन्तर्गतको कार्यालयले पनि एनओसी दिँदा घुस लिन थालेको विषय दुःखद छ ।


    अध्ययनका लागि विदेश जाने युवा प्रक्रियागत झमेलामा पर्नुभन्दा अतिरिक्त पैसा दिएर काम गर्न तयार भएको छ । तर देश छाडेपछि उसले सोंच्ने, बुझ्ने र बनाउने धारणा कस्तो होला ? हरेक ठाउँमा घुस लिने प्रवृत्ति बढ्दै जाँदा यो मुलुकमा केही हुन्न भनेर निराशा बाँड्नेहरुलाई बल पुग्नेछ । एनओसी शाखाका कर्मचारीले कम्प्युटरमा नक्कली योग्यतापत्र अपलोड गरेर समेत एनओसी दिने गरेको खुलेको छ । नक्कली कागजात बनाउन शाखाका कर्मचारी र कन्सल्टेन्सीहरू मिलेको खुलेको  छ । कम्प्युटरमा नक्कली योग्यतापत्र पनि इन्ट्री गरिएको भेटिएकोले अख्तियारको छानबिन हुनुपर्छ ।


    वैदेशिक अध्ययनमा जान डलर सटहीका लागि पनि एनओसी अनिवार्य हुन्छ । विद्यार्थी विदेशमा के पढ्न जाँदैछन् ? नेपालमा के पढेको हो, कुन संस्थामा जान लागेको हो, त्यो कानुनी प्रक्रिया पूरा गरेको संस्था हो होइन, सबै हेरेर मात्र एनओसी दिनुपर्छ । कर्मचारीले घुसका लागि प्रक्रिया पूरा नगरेको भए पनि बार्गेनिङ गरिरहेको पाइएकोले छानबिन गरी उनीहरुलाई कारबाही गर्नुपर्छ  ।


    अतिरिक्त शुल्क लिने अड्डामा कर्मचारी सेटिङमा सरुवा हुने  गरेकाले सेटिङमा कर्मचारी सरुवा हुने प्रवृत्तिलाई रोक्न आवश्यक छ । भुटानी शरणार्थी र भिजिट भिसा प्रकरणको अनुसन्धानले सेटिङमा कर्मचारी सरुवा भएको पाइएकोले सेटिङ तोड्ने आँट राजनैतिक नेतृत्वसँग हुनुपर्छ । अझ वर्षौं एउटै कार्यालयमा बिताउने कर्मचारीको सूची पनि लामै छ । कसैलाई दुर्गम र अप्ठारो ठाउँमा गइरहनुपर्ने र कोही काठमाडौं छाड्न नपर्ने अवस्थाको अन्त्य गरी सरुवा र बढुवामा सबैलाई समान गराउन सके कर्मचारीको सेटिङ भत्किन सक्छ । 


    एनओसी प्रकरणको छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति बनाएको छ । अब यो समितिको काम इमान्दारीपूर्वक छानबिन अघि बढाउनु हो । दोषीलाई कारबाही गरी कर्मचारी संयन्त्रप्रति खस्कदो साखलाई जोगाउने उपाय हो । शासनप्रणालीप्रति नागरिकको विश्वास बढाउने अवसर पनि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij