२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी केबलकारमा घोडचढी सुरु

लुम्बिनी केबलकारमा घोडचढी सुरु

लुम्बिनी केबलकारमा घोडचढी सुरु

लुम्बिनी केबलकारमा घोडचढी सुरु

लुम्बिनी केबलकारमा घोडचढी सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२

  • बुटवल । लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा घोडचढी सुरु भएको छ । घोडचढी सेवाको केबलकारका सञ्चालक लक्ष्मण गौतमले उद्घाटन गरेका छन् । पर्यटकलाई नयाँ नयाँ सुविधा दिने उद्देश्यले घोडचढी सेवा शुरु गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए ।


    केबलकारको माथिल्लो स्टेशन भवन परिसरबाट कामाख्यादेवी मन्दिर परिसरसम्मको एकतर्फी दुई सय रुपैयाँ र दुईतर्फी ४ सय रुपैयाँ शुल्क कायम गरिएको व्यवस्थापक घिमिरेले बताए । 


    २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ  कामाख्या देवीको मन्दिर, सय वर्षदेखि पूजा हुँदै आएको दुर्गा माता मन्दिरसँगै जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुराँ, सेमिनार हललगायत पर्यटकीय संरचना छन् ।  यी पर्यटकीय पूर्वाधारले केबलकार सञ्चालनको दुई वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 


    बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले रुपन्देही र पाल्पालाई जोडेको छ । तल्लो स्टेशनबाट केबलकार चढेको १२ मिनेटमै बसन्तपुर पुग्न सकिन्छ । 


    समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा स्वच्छ , शान्त र रमणीय वातावरण छ । बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि जुनसुकै मौसममा रोजाइको थलो बनेको छ । 


    अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउनेदेखि विवाह गर्ने र म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । 


    केबलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफरलगायत विभिन्न संघसंस्थासंग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको सैंजूले बताए । 
    अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।


    विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउँछन् ।


    केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजनाअन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij