२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्यदेखि जनशक्ति उत्पादन प्राथमिकतामा

स्वास्थ्यदेखि जनशक्ति उत्पादन प्राथमिकतामा

स्वास्थ्यदेखि जनशक्ति उत्पादन प्राथमिकतामा

स्वास्थ्यदेखि जनशक्ति उत्पादन प्राथमिकतामा

स्वास्थ्यदेखि जनशक्ति उत्पादन प्राथमिकतामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • बुटवल
    रुपन्देहीका स्थानीय तहहरुले नीति कार्यक्रम ल्याउने क्रम जारी छ । असार १० गतेभित्र नीति कार्यक्रम पारित गरेर बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार  पालिकाहरुका नीति कार्यत्रम आइरहेका हुन् । यसैबिच बिहीबार रुपन्देहीको बुटवल उप–महानगरपालिका र तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रम ल्याएका छन् । दुबै पालिकाको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, तथा जनशक्ति व्यवस्थापन मुख्य रुपमा रहेको दुबै पालिकाका प्रमुखहरुले नगरसभामा बताएका हुन् । 


    बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारलाई मुख्य प्राथमिकता दिँदै कृषि, पर्यटन र व्यापारलाई समेत प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयले बिहीबार नगरसभाको १७औं अधिवेशनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरूमा बुटवललाई उज्यालो, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


    ‘समानता, स्वाभिमान र अवसर— बस्न योग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोचका साथ सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोगमार्फत् शहरलाई जीवन्त बनाउने योजना पनि प्रस्तुत गरिएको छ । 


    ‘पढाइसँगै रोजगार कार्यक्रमलाई अघि बढाऔं, युवालाई देशमै रहने वातावरण निर्माण गरौं’ भन्ने नारालाई सार्थक बनाउँदै, स्नातक तथा स्नातकोत्तर तहका युवाहरुलाई ‘ओजिटी’ मा खटाइने र भत्ता उपलब्ध गराइनेछ । निजी क्षेत्रसँग सहकार्य गर्दै समृद्ध बुटवल निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ ।


    यस्ता छन् बुटवलका मुख्य योजना
    ‘घुमौं बुटवल’ अभियानअन्तर्गत यो आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरिँदैछ । बुटवललाई प्रत्येक क्षेत्रमा पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु बनाउने दीर्घकालीन उद्देश्य अनुरूप गोष्ठी, सम्मेलन तथा विज्ञहरूको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । ‘शिक्षामा सबल, बुटवल अब्बल’, ‘छोरी पढाऔं, समाज बनाऔं’ लगायत नाराहरूलाई आत्मसात गर्दै नगर प्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराइनेछ । 
    सरकारी तथा निजी विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिनेछ । फरक क्षमता भएका तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि गर्न सीप विकास तालिम सञ्चालन गरिनेछ । 


    ‘बाआमासँग नगर प्रमुख कार्यक्रम’, ‘स्वस्थ शरीर, स्वस्थ मन’ अभियान सञ्चालन गरिनेछ । बच्चाहरूलाई नैतिक शिक्षासँग जोड्दै, सुन्दर समाज निर्माण गर्ने अभियान सञ्चालन गरिनेछ । 


    चोक–चौतारामा ‘मेयर कार्यक्रम’, ‘मञ्चमा दुई जना भन्दा कमलाई मात्र आसन ग्रहण गर्दा माला हटाऔं’, ‘सामाजिक विकृति हटाऔं, तडकभडक घटाऔं’, ‘बुटवलका सिकान, हाम्रो सान’ जस्ता नाराहरूलाई प्राथमिकता दिइनेछ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिताहरू सञ्चालन गरिनेछन् । 


    नयाँ खेलाडी, प्रशिक्षक, रेफ्री, अम्पायर उत्पादन गरिने र सबै विद्यालयमा पीटी तालिम सञ्चालन गरिनेछ । ‘मेरो टोल म सफा गर्छु’ अभियान सुरु गरिनेछ । हरित शहरको अवधारणाअन्तर्गत ‘एक घर, तीन रुख’ नीति लागू गर्दै आवश्यक अनुदान प्रदान गरिनेछ । ‘के पाइन्छ होइन, के चाहिन्छ ?’ भन्ने कृषि नीति अबलम्बन गरिनेछ । घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता दिँदै मौलिक परम्पराको संरक्षण गरिनेछ । सुकुम्बासी र अव्यवस्थित बासोबास गरिरहेका नागरिकप्रति ध्यान दिँदै, ‘लालपुर्जा वितरणबाट उहाँहरूको सम्मान’ भन्ने नारालाई सार्थक बनाउन लालपुर्जा वितरणको कार्यलाई निरन्तरता दिइनेछ ।


    पछिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा पराजित उम्मेदवारका लागि ‘नगर प्रमुख उपविजेता कार्यक्रम’ तथा ‘उपप्रमुख उपविजेता कार्यक्रम’ सञ्चालन गरिनेछ । सबै वडाहरूको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट वडालाई सार्वजनिक रूपमा सम्मान गरिने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 


    जनशक्तिलाई सम्पत्ती मान्दै तिलोत्तमाको नीति कार्यक्रम
     तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवालाई लक्षित गरी “दक्ष जनशक्ति नै तिलोत्तमाको सम्पत्ति” भन्ने नारालाई अगाडि सारेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवाहरुलाई दक्ष बनाउन तालिम, सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्धनमा विशेष जोड दिइएको जानकारी दिएका छन् । 


    नगरपालिकाले युवा लक्षित प्रविधिमैत्री तालिमहरू सञ्चालन गर्ने, स्वरोजगार कार्यक्रम विस्तार गर्ने, स्टार्टअप र नवप्रवर्तन इनुभेसनमा आधारित परियोजनाहरूमा लगानी बढाउने तथा बेरोजगार युवालाई व्यवसायिक मार्गदर्शन दिने नीति अघि सारेको छ । युवा वर्ग राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै तिलोत्तमाका युवामा भएको क्षमतालाई सीप र प्रविधिको सहायताले आर्थिक उत्पादनमा रूपान्तरण गरिने छ ।


    “हाम्रो लक्ष्य तिलोत्तमाका युवालाई आत्मनिर्भर बनाउँदै, नगरको आर्थिक समृद्धिमा सहभागी गराईने भएको छ । यसका साथै, नगरपालिकाले सार्वजनिक निजी साझेदारीमार्फत् युवालाई उत्पादन र सेवा क्षेत्रमा आबद्ध गराउँदै तिलोत्तमा नगरभित्रै रोजगारीको अवसर सिर्जना गर्ने योजना अघि सारेको छ । युवालाई लक्षित यो नीति तथा कार्यक्रमलाई नगरका बौद्धिक, सामाजिक र राजनीतिक वृत्तले स्वागत गरेका छन् । युवा नै परिवर्तनका वाहक हुन् भन्ने सन्देशसहित नगरपालिकाले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासको लक्ष्य लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij