२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेठ मसान्तसम्म झण्डै साढे २ खर्बको सामग्री निर्यात

जेठ मसान्तसम्म झण्डै साढे २ खर्बको सामग्री निर्यात

जेठ मसान्तसम्म झण्डै साढे २ खर्बको सामग्री निर्यात

जेठ मसान्तसम्म झण्डै साढे २ खर्बको सामग्री निर्यात

जेठ मसान्तसम्म झण्डै साढे २ खर्बको सामग्री निर्यात
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा साढे २ खर्बको सामग्री निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको सामग्री निर्यात भएको हो। 

    निर्यात गत आवको यसै अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। यस अवधिमा सोयाविन तेलको निर्यात सबैभन्दा धेरै ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको भएको छ। यसपछि सूर्यमुखी फुल तेल, कार्पेट अलैंची लगायतका सामग्री निर्यात भएको तथ्यांकमा उल्लेख छ। 

    यसैगरी जेठ मसान्तसम्म १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको छ। जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १३.१५ प्रतिशत बढी हो। गत आवमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। निर्यात बढ्दा व्यापार घाटा भने ६ प्रतिशतले मात्र विस्तार भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij